सिन्धुलीमाढीमा मोवाइल पत्रकारिता सम्बन्धि २ दिने तालिम सुरु
सिन्धुली/सिन्धुलीमाढीमा मोवाइल पत्रकारिता सम्बन्धि २ दिने तालिमको आज आइतवार उद्धाटन गरीएको छ ।
दुई दिने तालिमको आज एक कार्यक्रम बिच घ्याङलेख गाउँपालिकाका पालिका उपाध्यक्ष शंकरमान घलानले व्यानर पढेर उद्धाटन गर्नु भएको हो ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुलीको आयोजना तथा घ्याङलेख गाउँपालिकाको सहयोग सञ्चालन गरीएको तालिममा जिल्लाका ३० पत्रकार तथा सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो । तालिम भोली समापन हुने आयोजकले जानकारी दिएको छ ।
घ्याङलेख गाउँपालिकाका पालिका उपाध्यक्ष शंकरमान घलानले कार्यक्रममा बोल्नुहुँदै पत्रकारिता आफैंमा एक महत्वपूर्ण र सम्मानित पेशा भएको उल्लेख गर्दै समाचार सम्प्रेषण गर्दा जातीय वा पार्टीगत आधारमा नभई तथ्य, प्रमाण र निष्पक्षताको आधारमा समाचार लेख्न तथा प्रस्तुत गर्न पत्रकारहरुलाई आग्रह गर्नुभएको छ । त्यस्तै उहाँले जिल्लाको जुनसुकै स्थानमा घट्ने घटनाहरूलाई स्थलमै पुगेर सार्वजनिक गरीदीएकोमा पत्रकारहरुलाई धन्यवाद समेत व्यक्त गर्नुभएको छ ।
जिल्लाका पत्रकार तथा सञ्चारकर्मीहरुलाई व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २ दिने मोवाइल पत्रकारिता सम्बन्धि तालिमको आयोजना गरीएको नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष बाबुराम देवकोटाले जानकारी दिनुभयो ।
आजबाट सुरु भएको तालिमको विकास कार्कीले सहजकीकरण गर्नुभएको थियो । उहाँले पत्रकार तथा सञ्चारकर्मीहरुलाई मोवाइलबाट कसरी भिडियो खिच्ने ? फोटो कसरी खिच्दा राम्रो आउँछ र मोबाइलबाट पत्रकारहरुले के के गर्न सक्छन् भन्ने विषयमा जानकारी गराउनुभएको थियो ।



