निःशुल्क बिल्डिङ्ग इलेक्ट्रिसियन तालिमको उद्घाटन

सिन्धुली/सिन्धुलीमाढीमा आज एक बिशेष कार्यक्रम बिच ३० दिने निःशुल्क बिल्डिङ्ग इलेक्ट्रिसियन तालिमको उद्घाटन गरीएको छ ।

३० दिने निःशुल्क तालिमको शुक्रबार कमलामाई नगरपालिकाका उप–प्रमुख तथा कार्यवाहक नगर प्रमुख मन्जु देवकोटाले उद्घाटन गर्नु भएको हो ।

रोजगार सेवा केन्द्र, कमलामाई नगरपालिका सिन्धुलीको आयोजनामा गरीएको तालिममा नगर बाट छनोट भएका १२ जना प्रशिक्षार्थीहरूको सहभागिता रहन छ । तालिम उहि आउँदो ३० गते समापन हुने छ ।

३० दिने निःशुल्क बिल्डिङ्ग इलेक्ट्रिसियन तालिमले सहभागीहरूलाई सीपयुक्त बनाई स्वरोजगार बन्न मद्दत पुग्ने विश्वास लिएको कार्यवाहक नगर प्रमुख मन्जु देवकोटाले जानकारी दिनुभयो ।

कमलामाई नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष पूर्णबहादुर खड्काको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारी,वडा सचिव, रोजगार सेवा केन्द्रका संयोजक तथा कर्मचारीहरू, प्रशिक्षक र तालिमका लागि छनोट भएका सहभागिहरुको सहभागिता रहेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *