नगरपालिकाले गर्यो सरसफाइ अभियान सञ्चालन
सिन्धुली/ “सफा कार्यालय, उत्कृष्ट सेवा” भन्ने भावलाई आत्मसात गर्दे सिन्धुलीको कमलामाई नगरपालिकाले सरसफाइ अभियान सञ्चालन गरेको छ ।
नेपाल सरकारको “राष्ट्रिय सरसफाइ सप्ताह” कार्यक्रमलाई प्राथमिकता दिँदै नगरपालिकाले बैशाख २८ गतेदेखि जेठ १ गतेसम्म सरसफाइ अभियान सञ्चालन गरेको हो ।
कमलामाई नगरपालिकालाई केवल कार्यथलोका रूपमा मात्र नभई स्वच्छ, मर्यादित र व्यवस्थित वातावरणका रूपमा विकास गर्ने उद्देश्यले सरसफाइ अभियान सञ्चालन गरीएको कमलामाई नगरपालिकाले जानकारी दिएको छ ।
नगरपालिकाको यस अभियानले कर्मचारीहरूमा सामूहिक उत्तरदायित्वको भावना जागृत गराउनुका साथै सेवाग्राहीलाई समेत सफा, सुन्दर र व्यवस्थित वातावरणमा सेवा प्राप्त गर्ने अनुभूति दिलाउने विश्वास लिइएको छ ।
प्रतिक्रिया



