कमलामाई नगरपालिकाद्वारा प्रशासन कार्यालयलाई टोकन मेसिन हस्तान्तरण
सिन्धुली/सेवा प्रवाहलाई छिटो, व्यवस्थित र सहज बनाउन कमलामाई नगरपालिकाले जिल्ला प्रशासन कार्यालय सिन्धुलीलाई टोकन मेसिन हस्तान्तरण गरेको छ ।
नगरपालिकाले आज बुधबार ४ वटा काउन्टरसहितको क्यू म्यानेजमेन्ट सिस्टम जिल्ला प्रशासन कार्यालयलाई हस्तान्तरण गरेको हो ।
टोकन मेसिन हस्तान्तरण प्रणालीको सञ्चालनसँगै सेवाग्राहीले अब लाइनमा बस्नुपर्ने झन्झटबाट मुक्त भई क्रमअनुसार सहज रूपमा सेवा प्राप्त गर्ने सक्ने छन् ।
प्रणालीले कार्यालयको दैनिक कार्यसम्पादनलाई थप प्रभावकारी बनाउनुका साथै धेरै भीडहरुलाई व्यवस्थापन गर्ने अपेक्षा गरिएको छ ।
त्यसैगरी प्रशासनमा नागरिकता, राहदानी लगायत अन्य सेवा लिन आउने सेवाग्राहीको चाप बढ्दै गएकाले टोकन प्रणालीले महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया



