कमलामाईमा अनलाइन नागरिकता सिफारिस प्रणाली (सिसिएमआईएस) सुरु

सिन्धुली/कमलामाई नगरपालिकाले नागरिक सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र सहज बनाउनको लागि अनलाइन नागरिकता सिफारिस प्रणाली (सिसिएमआईएस) संचालन गरेको छ ।

यस प्रणाली सुरु गरे संगैअब नागरिकहरूले आफ्नै वडा कार्यालयबाटै अनलाइन माध्यम मार्फत नागरिकता सिफारिसको प्रक्रिया अघि बढाउन सक्ने भएका छन् ।

नगरपालिकाको अनुसार, नयाँ प्रणाली सुरु गरेसंगै अब नागरिकता सिफारिसका लागि आवश्यक विवरण वडा तहबाटै अनलाइन फाराममार्फत प्रविष्ट गरिनेछ ।

अब सेवाग्राहीहरुले कागजी झन्झट र पटक–पटक बिभिन्न कागजातको फोटोकपी तयार पार्नुपर्ने बाध्यताबाट कम हुने छ । आवश्यक कागजातको सक्कल प्रति भने सम्बन्धित व्यक्तिले वडा कार्यालयमा उपस्थित हुँदा अनिवार्य रूपमा देखाउनुपर्ने व्यवस्था कायम राखिएको छ ।

यस अनलाइन प्रणालीको नगरीकहरुको सेवामा छिटो, सरल र पारदर्शी बनाउने अपेक्षा गरीएको छ । अब वर्षाे देखी आएको ढिलासुस्ती, अनावश्यक प्रक्रियागत जटिलता तथा खर्चको भार न्यूनीकरण हुनेभए पछि नगरीकहरु हर्षित भएका छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *