तीनपाटनमा ११७ जनाको आँखा जाँच, १३ जना छनोट

 

सिन्धुली/सिन्धुलीको तीनपाटन गाउँपालिका लाम्पानटार स्थित तीनपाटन आधारभूत अस्पतालमा सञ्चालित मोतिबिन्दु छनोट शिविरमा १ सय १७ जनाको आँखा परीक्षण गरिएको छ ।

परीक्षणका क्रममा १३ जना मोतिबिन्दुका बिरामी शल्यक्रियाका लागि छनोट भएका छन् भने ६ जनालाई निःशुल्क चश्मा वितरण गरिएको छ ।

आज बुधबार नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाको आयोजनामा शिविर सञ्चालन गरिएको हो । तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौं, Nge Alik Tee and Zhang Wen’s Family, Singapore तथा Good Vision Nepal को सहयोगमा सम्पन्न शिविरको संयोजन तथा व्यवस्थापन तीनपाटन गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी लाम्पानटार उपशाखाले गरेका थिए।

शिविरमार्फत स्थानीय नागरिकको आँखा परीक्षण गरी मोतिबिन्दुको समस्या पहिचान गर्नुका साथै आवश्यक शल्यक्रियाका लागि बिरामी छनोट गरिएको आयोजकले जनकारी दिएको छ । ग्रामीण क्षेत्रका नागरिकलाई आँखा स्वास्थ्य सेवामा पहुँच पु¥याउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो ।

आँखा स्वास्थ्य सेवामा विभिन्न संस्था तथा निकायको सहकार्यले स्थानीय नागरिकलाई परीक्षण र उपचार सम्बन्धी सेवा प्राप्त गर्न सहयोग पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *