-
जेठ १६, सिन्धुली/ नेपाल सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि सिन्धुलीका ९ स्थानीय तहका लागि ३ अर्ब ५६ करोड २३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
News Desk 0 response आइतवार, जेष्ठ १६, २०७८
यो बजेट गत वर्षको भन्दा २८ करोड ८६ लाख बढी हो । गत वर्ष ३ अर्ब २७ करोड ३७ लाख विनियोजन गरेको थियो । आर्थिक वर्ष २०७८/०७९ को बजेटमा कमलामाई नगरपालिकालाई ६६ करोड २५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । यो रकम गत वर्ष भन्दा १ करोड ९१ लाख वढी हो । गत वर्ष कमलामाई नगरपालिकालाई सबै भन्दा वढी ६४ करोड ३४ लाख विनियोजन भएको थियो ।
त्यस्तै दुधौली नगरपालिकालाई ६० करोड ४० लाख बजेट विनियोजन भएको छ । यो रकम पनि गत वर्षको भन्दा ६ करोड ३५ लाख वढी हो । गत वर्ष दुधौली नगरपालिकालाई ५४ करोड पाँच लाख बजेट विनियोजन भएको थियो ।
तीनपाटन गाउँपालिकालाई ४९ करोड ५४ लाख बजेट विनियोजन भएको छ । यो रकम गत वर्षको भन्दा ५ करोड ३४ लाख वढी हो । गत वर्ष तीनपाटन गाउँपालिकालाई ४४ करोड २० लाख बजेट विनियोजन भएको थियो । सुनकोशी गाउँपालिकालाई ३५ करोड १० लाख बजेट विनियोजन भएको छ । यो रकम गत वर्ष भन्दा २ करोड १८ लाख वढी हो । गत वर्ष सुनकोशी गाउँपालिकालाई ३२ करोड ९२ लाख विनियोजन भएको थियो ।
गोलञ्जोर गाउँपालिकालाई ३० करोड ७ लाख बजेट विनियोजन भएको छ । गत वर्ष भन्दा यस आ.व. मा १ करोड ४५ लाख वढी विनियोजन भएको छ । गत वर्ष गोलञ्जोर गाउँपालिकालाई २८ करोड ६२ लाख बजेट विनियोजन भएको थियो । मरिण गाउँपालिकालाई ३१ करोड ४५ लाख बजेट विनियोजन भएको छ । गत वर्ष भन्दा यस आ.व. मा ३ करोड १९ लाख वढी विनियोजन भएको छ । गत वर्ष मरिण गाउँपालिकालाई २८ करोड २६ लाख बजेट विनियोजन भएको थियो ।
हरिहरपुरगढी गाउँपालिकालाई ३१ करोड २९ लाख बजेट विनियोजन भएको छ । यो रकम गत वर्ष भन्दा ३ करोड ४३ लाख वढी हो । गत वर्ष हरिहरपुरगढी गाउँपालिकाललाई २७ करोड ८६ लाख बजेट विनियोजन भएको थियो । फिक्कल गाउँपालिकालाई २९ करोड २० लाख बजेट विनियोजन गरेको छ । यो रकम गत वर्ष भन्दा १ करोड २५ लाख वढी हो । गत वर्ष फिक्कल गाउँपालिकालाई २७ करोड ९५ लाख बजेट विनियोजन गरेको थियो ।
घ्याङलेख गाउँपालिकालाई २२ करोड ८३ लाख बजेट विनियोजन गरेको छ । यो रकम गत वर्ष भन्दा ३ करोड ६६ लाख वढी हो । गत वर्ष घ्याङलेख गाउँपालिकालाई १९ करोड १७ लाख रुपैयाँ विनियोजन भएको थियो । यस वर्ष पनि सबै भन्दा वढी कमलामाई नगरपालिकाले र सबै भन्दा कम घ्याङलेख गाउपालिकाले बजेट पाएका छन् ।
सम्बन्धित शीर्षकहरु
खाङसाङ प्रहरी चौकीलाई डढेलो रोकथाम तथा नियन्त्रणका सामाग्री हस्तान्तरण
सोमवार, बैशाख २४, २०८१तामाङ र नेवार भाषालाई सरकारी कामकाजी भाषा शुभारम्भ घोषणा, सिन्धुलीमा अन्तरक्रिया कार्यक्रम
सोमवार, बैशाख २४, २०८१ड्रोनको सहायताले वनमा आगो सल्काउने व्यक्तिको पहिचान गदैँ
आइतवार, बैशाख २३, २०८१सुनकोशीमा नि:शुल्क घुम्ती सेवा शिविर सन्चालन हुने
शनिबार, बैशाख २२, २०८१-
खाङसाङ प्रहरी चौकीलाई डढेलो रोकथाम तथा नियन्त्रणका..
सोमवार, बैशाख २४, २०८१ -
तामाङ र नेवार भाषालाई सरकारी कामकाजी भाषा..
सोमवार, बैशाख २४, २०८१ -
ड्रोनको सहायताले वनमा आगो सल्काउने व्यक्तिको पहिचान..
आइतवार, बैशाख २३, २०८१ -
सुनकोशीमा नि:शुल्क घुम्ती सेवा शिविर सन्चालन हुने
शनिबार, बैशाख २२, २०८१ -
घ्याङ्लेख गाउँपालिका उपाध्यक्ष घलान सवार गाडी दुर्घटना,..
शुक्रबार, बैशाख २१, २०८१
-
खाङसाङ प्रहरी चौकीलाई डढेलो रोकथाम तथा नियन्त्रणका..
सोमवार, बैशाख २४, २०८१ -
तामाङ र नेवार भाषालाई सरकारी कामकाजी भाषा..
सोमवार, बैशाख २४, २०८१ -
ड्रोनको सहायताले वनमा आगो सल्काउने व्यक्तिको पहिचान..
आइतवार, बैशाख २३, २०८१ -
सुनकोशीमा नि:शुल्क घुम्ती सेवा शिविर सन्चालन हुने
शनिबार, बैशाख २२, २०८१ -
घ्याङ्लेख गाउँपालिका उपाध्यक्ष घलान सवार गाडी दुर्घटना,..
शुक्रबार, बैशाख २१, २०८१
-
पिपलभञ्ज्याङदेखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नति
शुक्रबार, बैशाख २१, २०८१ -
बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक..
शुक्रबार, बैशाख २१, २०८१ -
ड्रोनको सहायताले वनमा आगो सल्काउने व्यक्तिको पहिचान..
आइतवार, बैशाख २३, २०८१ -
गोलन्जोरका दुई अग्नी पिडित परिवारलाई राहात प्रदान
बुधबार, बैशाख १९, २०८१ -
कार्यविधि विपरित सम्झौता भएको सिविआर कार्यक्रम उच्च..
सोमवार, बैशाख १७, २०८१