-
जेठ २७, सिन्धुली/फिक्कलमा मोटरसाइकल दुर्घटना हुँदा एक प्रहरीको मृत्यु भएको छ भने अर्का एक प्रहरी गम्भीर घाइते भएका छन् ।
News Desk 0 response आइतवार, जेष्ठ २७, २०८१
मृत्यु हुनेमा मोटरसाइकलमा सवार धनुषाको कमला नगरपालिका–९ घर भई प्रहरी चौकी रत्नावतिमा कार्यरत प्रहरी सहायक निरीक्षक (असइ) रविन्द्र कुमार ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।
फिक्कल गाउँपालिका –५ झगडेँबेसी स्थित भित्री कच्ची सडकखण्डको सोल्पाडाँडाबाट चौकी तर्फ फर्कने क्रममा दुई जना प्रहरी सवार ३–०२–००१ ब ४७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो।
ठाकुरको खुर्कोटस्थित सामुदायिक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रमुख एसपी काफ्लेले जानकारी दिनुभयो । मृतक प्रहरी ठाकुर लामो समयदेखि जिल्ला प्रहरस् कार्यालय सिन्धुलीमा कार्यरत थिए ।
सोहि मोटरसाइकलमा सवार तनहुँको भिमाद नगरपालिका–७ घर भई सोही चौकीमा कार्यरत प्रहरी सहायक हबलदार सूर्य कुमार श्रेष्ठ गम्भीर घाइते भएका छन् । उनको पनि अवस्था चिन्ताजनक रहेको जनाइएको छ ।
घाइते श्रेष्ठाको सामुदायिक अस्पतालमा उपचार भइरहेको र थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ पठाउने तयारी रहेको छ ।
सम्बन्धित शीर्षकहरु
-
मरिणमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
बुधबार, अशोज ३०, २०८१ -
बाढी पिडितलाई बैदेशिक रोजगार व्यावसायीले सहयोग
आइतवार, अशोज २७, २०८१ -
बिपी राजमार्ग पुनः अवरुद्ध
शुक्रबार, अशोज २५, २०८१ -
कनपा.४ को रक्तमाला मन्दिरमा फूलपाती भित्र्याइयो
बिहिबार, अशोज २४, २०८१ -
शासकीय अराजकता र सामाजिक अराजकतालाई अनुशासनको दायरामा..
सोमवार, अशोज २१, २०८१
-
मरिणमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
बुधबार, अशोज ३०, २०८१ -
बाढी पिडितलाई बैदेशिक रोजगार व्यावसायीले सहयोग
आइतवार, अशोज २७, २०८१ -
कनपा.४ को रक्तमाला मन्दिरमा फूलपाती भित्र्याइयो
बिहिबार, अशोज २४, २०८१ -
सिन्धुलीका ६ स्थानमा ‘यात्रु सहायता कक्ष’
आइतवार, अशोज २०, २०८१ -
सबैभन्दा उन्नत चेतना शिक्षकसंग हुन्छ : सांसद..
शनिबार, अशोज १९, २०८१
-
मरिणमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
बुधबार, अशोज ३०, २०८१ -
बाढी पिडितलाई बैदेशिक रोजगार व्यावसायीले सहयोग
आइतवार, अशोज २७, २०८१ -
बिपी राजमार्ग पुनः अवरुद्ध
शुक्रबार, अशोज २५, २०८१ -
कनपा.४ को रक्तमाला मन्दिरमा फूलपाती भित्र्याइयो
बिहिबार, अशोज २४, २०८१