-
सम्झन्छु बिपुला,
तिमी संगको पहिलो भेट,
लाग्थ्यो एउटा् गुलाफको फूलले सिउडी जस्तो
म लाई मन परायो।
साना साना तिखा आँखा,लाली ओठ,
राता गाला,कुर्थी लागाएकी उनी घुम्टी हटाउदा,
हावामा सल्बलाउने केशराशीहरु,
आहा!
दुई ओठमा चेपेर कान्छी औंली,
मुस्कुराएथ्यौ
खुब उधुम चलेथ्यो यो दिलमा।
सायदै सिंगो मधेसले सिंगो पहाडलाई,
मायाको पटुकीमा बाधेर बेरेको
आभास मिलेथ्यो त्यो दिन।कसरी फूल्यौ त्यो दिन मेरो दिलमा
मलाई थाहा छैन ,
पहाडमा दाउराको भारी सहेको थोत्रे टिशर्ट,
आलीको हिलो र बारीका कान्लाले रुचाएको
जमानाको मैलो पाइन्ट,
नसुहाउने शिरमा मिलेको ढाकाटोपी,
साच्चै पाखे जस्तै है।
मात्रै लगाएको थिए नयाँ जुत्ता हजार रुपैयाँको ।
सायद तिमीलाई भेट्दा नयाँ चिज यहीँ थियो म संग,
म कत्ति बुद्धू ,
लाग्थ्यो ,
जुत्ता देखेरै पो भुल्यौ कि है।सुरु पनि तिमी अन्तिम पनि तिमी,
तिमीलेनै भनेकी हैनर?
तर प्रेममा यसरी संकटकाल निस्कियोकी
मेरो मुटुले प्रत्येक दिन आयु घटाउनु पर्थ्यो तिम्रो यादमा।
जसरी नौजवान सेनाको गोलीले ढलेका थिए जनमुक्ति सेनाहरु,
जसरी जनमुक्ती सेनाको गोलीले ढलेका थिए नौजवान सेनाहरु।याद छ,
जिन्दगी नामको सफर पूरा गर्न हामीले,
कैयन दिनहरुको सफर संगै ग¥यौ,
संगै हिड्यौ,संगै रोयौ संगै खुसी भयौ।
तिमीलाई स्पर्श गर्न कति संकोच मान्थे यी हातहरु,
बरु पटकपटक छोइएका थिए,
निसंकोच ती नयाँ जुत्ता लगाएका खुट्टाहरुले,
तिम्रा सुकोमल गोडाहरु।यतिबेला म त्यही बसको त्यही सिटमा बसेर,
त्यही गाउँ अनि तिमीलाईनै भेट्न आएको छु बिपुला।तर
उहीँ हासो उहीँ खुसी
उहीँ चेहरा देखुला नदेखुला तिमीमा ।
उहीँ ठाउमा भेटुला नभेटुला तिमीलाई ।
तिमी उसै गरि हासे पनि बोले पनि रोए पनि ।बिपुला!
यतिबेला म संग
उहीँ पुरानो जुत्ता त छ,
तर छैनन जुतामा उहीँ पालिसहरु
बगाइहालेनी चुरेको खोलाले
तर तिमीले मेरो लागि भनेर
सम्झिरहने तिमी सम्म आउने मेरा यादहरु,
भिजेको जुताको बगेको,
पालिस जस्तै छ कि छैनन बिपुला?नवीन संघर्ष
News Desk 0 response आइतवार, मंसिर १०, २०८०
सिन्धुली
सम्बन्धित शीर्षकहरु
आमा तिमी कहिल्यै नरिसाउनु
शुक्रबार, चैत्र ३०, २०८०गजल
आइतवार, फाल्गुन २७, २०८०सिन्धुली लोक स्टारको पहिलो चरणको कार्यक्रम माघ २ गतेबाट सुरु
बुधबार, पुस २५, २०८०-
पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१ -
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
सुनकोशीमा खानेपानीको पाइप वितरण
सोमवार, बैशाख ३१, २०८१
-
पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१ -
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
सुनकोशीमा खानेपानीको पाइप वितरण
सोमवार, बैशाख ३१, २०८१
-
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
सिन्धुली अस्पतालको नवनिर्मित भवन असार मसान्तमा हस्तान्तरण..
शुक्रबार, बैशाख २८, २०८१ -
सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’
बुधबार, बैशाख २६, २०८१ -
मरिणका आमा बाबु विहिन ६० बालबालिकालाई भत्ता..
शनिबार, बैशाख २९, २०८१