-
१७ औं राष्ट्रिय धान दिवसका अवसरमा नेपालमा विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ यस वर्षको राष्ट्रिय धान दिवस मनाइएको छ । दिवसका अवसरमा तामझामका साथ निकै खर्चिलो रुपमा वर्षेनी विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रमहरु गर्ने गरिन्थ्यो । यस वर्ष पनि केहि औपचारिक तथा केहि अनौपचारिक कार्यक्रमहरु सम्पन्न भए ।
News Desk 0 response बुधबार, असार १७, २०७७
तर यस वर्षको धान दिवसमा गएका वर्षहरुमा जस्तो तामझाम देखिएन । कुनै जिल्लामा कृषि मन्त्री आँफै उपस्थित भएर धान दिवस मनाउन उत्साह थप्ने काम भयो । तर त्यो पनि आलोचनामुक्त भने हुनसकेन । केहि जिल्लामा सामूहिक रोपाइँ भए त केहि जिल्लाका स्थानिय सरकारले किसानहरुलाई विभिन्न किसिमका सहयोग गरे । यस्तै कार्य सिन्धुलीका स्थानिय सरकारले पनि गरेका छन् । केहि गाउँपालिकाहरुले किसानहरुमा उत्साह थप्न सामूहिक रोपाइँ गरे भने कुनै स्थानिय तहले किसानहरुलाई हाते ट्याक्टर उपलव्ध गराए ।
वास्तवमा यस वर्षको राष्ट्रिय धान दिवस राजनीतिक कलह र आकस्मिक रुपमा भित्रीएको सलह किराको चपेटामा परेको छ । यतिबेला नेपालको राजनीतिक परिवेश सहज रुपमा लिनसकिने अवस्थामा देखिँदैन । शीर्ष भनिने नेताहरु एकआपसमा दोषारोपण गर्दै फ्रन्ट लाइनमै आएका छन् भने आरोप प्रत्यारोपको खेती गर्न उनिहरुलाई असार लागेको प्रष्टै देखिन्छ । प्रतिपक्ष भनिने नेपाली काँग्रेसलाई प्रतिपक्षको भूमिका निभाउन नसकेको आरोप उनिहरुकै पार्टीका नेता तथा कार्यकर्ताहरुले लगाउँदै आएका छन् र यो सत्य हो पनि । सरकारमा रहेका पार्टीका शीर्ष भनिने नेताहरु र सरकार प्रमुख प्रधानमन्त्रीवीचको दोहोरीले यस वर्षको असारे भाकालाई विर्साएको छ ।
एकातिर राजनीतिक कलह चरमचुलीमा पुगेका बेला किसानहरुलाई ककरक्कै पार्न एक्कासी सलह किरा नेपाल प्रवेश ग¥यो । यतिबेला नेपालका केहि जिल्लामा सलह किराले उपद्रो मच्चाइरहेको छ । त्यतिमात्र हैन लगाएको बालीमा पसेर बाली नष्ट गर्न सुरु गरेको छ । किससानहरु यतिबेला धान रोप्ने कि सलहबाट बाली जोगाउने भन्ने समस्या खेपीरहेका छन् । त्यसो त केहि दिन अघि मात्रै यस वर्षलाई सहलको संकट ट¥यो भनेर मन्त्रीकै बोली बाहिर नआएको हैन । अहिले त्यो गलत सावित भयो । धान दिवस मनाउने देश दौडाहामा लागिरहेका कृषि मन्त्रीले ठाउँ ठाउँमा गएर ‘सलह किरा भगाउन अमेरिकी संगित उपयुक्त हुन्छ’ भनेर दिनुभएको अभिव्यक्ति पनि यतिवेला चर्चामै छ । किसानहरु भनिरहेका छन् ‘असारे भाका हराउँदै जाँदा अमेरीकी संगित कहाँ खोजौँ ?’
सम्बन्धित शीर्षकहरु
करिब चार हजार हेक्टर वनमा डढेलो लाग्दा पनि एक जनालाई पनि कारवाही हुन सकेन
आइतवार, बैशाख १६, २०८१राजनीतिक दलहरुमा लोकतन्त्रको कमी भएको छ : अग्नी प्रसाद सापकोटा
शुक्रबार, बैशाख १४, २०८१कौशिका माविको गुणस्तरहीन काम भएको भन्दै सांसद भुजेलले भत्काएर पुनः निर्माण गर्न निर्देशन
बिहिबार, बैशाख १३, २०८१कात्तिके र भदौरे वनमा लागेको डढेलोका कारण बस्तीहरु जोखिममा
बुधबार, बैशाख १२, २०८१-
करिब चार हजार हेक्टर वनमा डढेलो लाग्दा..
आइतवार, बैशाख १६, २०८१ -
राजनीतिक दलहरुमा लोकतन्त्रको कमी भएको छ :..
शुक्रबार, बैशाख १४, २०८१ -
कौशिका माविको गुणस्तरहीन काम भएको भन्दै सांसद..
बिहिबार, बैशाख १३, २०८१ -
कात्तिके र भदौरे वनमा लागेको डढेलोका कारण..
बुधबार, बैशाख १२, २०८१ -
बार्सिलोनामा ‘नेपाल पर्यटन प्रवद्र्धन’ कार्यक्रम सम्पन्न पर्यटकलाई..
मङ्लबार, बैशाख ११, २०८१
-
करिब चार हजार हेक्टर वनमा डढेलो लाग्दा..
आइतवार, बैशाख १६, २०८१ -
राजनीतिक दलहरुमा लोकतन्त्रको कमी भएको छ :..
शुक्रबार, बैशाख १४, २०८१ -
कौशिका माविको गुणस्तरहीन काम भएको भन्दै सांसद..
बिहिबार, बैशाख १३, २०८१ -
कात्तिके र भदौरे वनमा लागेको डढेलोका कारण..
बुधबार, बैशाख १२, २०८१ -
बार्सिलोनामा ‘नेपाल पर्यटन प्रवद्र्धन’ कार्यक्रम सम्पन्न पर्यटकलाई..
मङ्लबार, बैशाख ११, २०८१
-
महिलाहरु लक्षित शिविरमा ६ जनामा क्यान्सर भएको..
शुक्रबार, बैशाख ७, २०८१ -
कौशिका माविको गुणस्तरहीन काम भएको भन्दै सांसद..
बिहिबार, बैशाख १३, २०८१ -
बार्सिलोनामा ‘नेपाल पर्यटन प्रवद्र्धन’ कार्यक्रम सम्पन्न पर्यटकलाई..
मङ्लबार, बैशाख ११, २०८१ -
कात्तिके र भदौरे वनमा लागेको डढेलोका कारण..
बुधबार, बैशाख १२, २०८१ -
सुनकोशीको फलासेघाँरी वनमा लागेको डढेलो बस्तिमा फैलियो,..
सोमवार, बैशाख १०, २०८१