नेवा देय दबू कमलामाई नगर समितिद्वारा शुभकामना आदानप्रदान

सिन्धुली/सिन्धुलीको नेवा देय दबू कमलामाई नगर समितिको आयोजनामा विजया दशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा आज शुभकामना आदानप्रदान कार्यक्रम गरीएको छ ।

नेवा देय दबू कमलामाई नगर समितिका अध्यक्ष मिन बहादुर श्रेष्ठको अध्यक्षता तथा नेवा देय दबूका केन्द्रीय सदस्य विनोद कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा सहभागीहरूले नेपाली समाजमा मनाइने विभिन्न चाडपर्वले आपसी सद्भाव, एकता, भाइचारा र सामाजिक सहिष्णुता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । उनीहरूले चाडपर्वको माध्यमबाट विभिन्न समुदायबीचको सम्बन्ध अझ सुमधुर बनाउनुका साथै मौलिक कला, संस्कृति, भाषा र परम्पराको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।

नेवा देय दबू कमलामाई नगर समितिले आयोजना गरेको उक्त कार्यक्रमले नेवार समुदायको सांस्कृतिक पहिचानको संरक्षण तथा विभिन्न समुदायबीच आपसी सद्भाव र एकता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

कार्यक्रममा विजया दशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामनासहित शुभकामना आदानप्रदान गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *