सिन्धुलीका आठ स्थानीय तहमा विद्यालय बन्द

सिन्धुली/ निरन्तर वर्षा र सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै सिन्धुलीका नौ स्थानीयतह मध्ये आठ स्थानीय तहले विद्यालयमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

आज बिहान सूचना जारी गर्दै कमलामाई नगरपालिका, दुधौली नगरपालिका, मरिण गाउँपालिका, सुनकोशी गाउँपालिका, गोलन्जोर गाउँपालिका, तीनपाटन गाउँपालिका,घ्याङलेख गाउँपालिका र फिक्कल गाउँपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।

जल तथा मौसम विज्ञान विभागले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेको छ । सोही पूर्वानुमानअनुसार गएरातिदेखि सिन्धुलीमा निरन्तर वर्षा भइरहेकाले विद्यार्थी, शिक्षक तथा कर्मचारीको आवतजावतमा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राखी विद्यालय बन्द गरिएको स्थानीय तहहरूले जनाएका छन् ।

सम्बन्धित स्थानीय तहका अनुसार सरकारी तथा संस्थागत दुवै विद्यालय ९ देखि ११ गतेसम्म पठनपाठन बन्द रहनेछ । प्रतिकूल मौसमका कारण बाढी, पहिरो, डुबानलगायतका जोखिम बढ्न सक्ने भएकाले विद्यार्थी, शिक्षक, कर्मचारी तथा विद्यालयको भौतिक सम्पत्तिको सुरक्षाका लागि आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरिएको छ ।

यसैबीच शिक्षा तथा खेलकुद मन्त्रालयले पनि अतिभारी वर्षाबाट हुन सक्ने विपद्बाट जोगिन स्थानीय तहसँग समन्वय गरी विद्यालय बन्द गर्न तथा आवश्यक परीक्षाहरू स्थगित गर्न निर्देशन दिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *