१७ औँ अधिवेशनको दोस्रो बैठक सम्पन्न

सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिकाको १७ औँ अधिवेशन अन्तर्गत दोस्रो बैठक सम्पन्न भएको छ ।

नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको सभाध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट तथा विभिन्न प्रशासनिक निर्णयका विषयमा छलफल गरिएको थियो ।

नगरपालिकाको समग्र विकास, प्रभावकारी सेवा प्रवाह तथा प्रशासनिक कार्यलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने विषयमा समेत बैठकमा गहन छलफल भएको जनाइएको छ ।

बैठकले नगरपालिकाको विकास निर्माण, सेवा प्रवाह तथा प्रशासनिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले आवश्यक निर्णयहरू गरेको छ । नगर सभाबाट भएका निर्णयहरूको प्रभावकारी कार्यान्वयनमार्फत नगरवासीलाई गुणस्तरीय सेवा उपलब्ध गराउने तथा नगरको समग्र विकासलाई थप गति दिने अपेक्षा गरिएको नगरपालिकाले जानकारी दिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *