मरिणमा सामाजिक सुरक्षा भत्ता वितरणसँगै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण
सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिका १ मा सामाजिक सुरक्षा भत्ता वितरणसँगै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ ।
भत्ता वितरण सँगै ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था परीक्षण तथा आवश्यक स्वास्थ्य परामर्श प्रदान गर्ने उद्देश्यले सामाजिक सुरक्षा भत्ता वितरणसँगै ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण हो ।
मरिण गाउँपालिकाको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंक कपिलाकोट शाखाको सहकार्यमा गरीएको आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम वडा कार्यालय खलंगा र टुँडिखेलमा गरिएको पालिकाले जानकारी दिएको छ ।

गाउँपालिकाले सेवा ग्राहीलाई सहज, सरल र घरदैलोमै सेवा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको जनाएको छ । एउटै स्थानबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नुका साथै स्वास्थ्य परीक्षण र परामर्श सेवा पाएपछि स्थानीय ज्येष्ठ नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।


