कमलामाई,मरिण र हरिहरपुरगढीको वित्तीय प्रगति सार्वजनिक
सिन्धुली/सिन्धुलीको तीन स्थानीय तहहरुले आर्थिक वर्ष २०८२/८३ को वित्तीय प्रगति सार्वजनिक गरेका छन् ।
कमलामाई नगरपालिका, मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकाले आर्थिक वर्षको भुक्तानी निकासा बन्द भएसँगै बजेट कार्यान्वयनको अवस्था सार्वजनिक गरेका हुन् ।
सार्वजनिक विवरण अनुसार कमलामाई नगरपालिकाले सबैभन्दा बढी ८३.२८ प्रतिशत बजेट खर्च गरेको छ । मरिण गाउँपालिकाको खर्च ७८.१५ प्रतिशत रहेको छ भने हरिहरपुरगढी गाउँपालिकाले ७४.४४ प्रतिशत बजेट खर्च गरेको जानकारी दिएको छ।
कमलामाई नगरपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजित १ अर्ब ३२ करोड ६९ लाख ३५ हजार २२७ रुपैयाँ ४३ पैसा मध्ये १ अर्ब १० करोड ५१ लाख १३ हजार ३१४ रुपैयाँ ७८ पैसा खर्च गरेको जानकारी दिएको छ । नगरपालिकाले चालुतर्फ ८६.९७ प्रतिशत, पुँजीगततर्फ ७२.५६ प्रतिशत र वित्तीय (साँवा–ब्याज) शीर्षकमा ९५.३३ प्रतिशत बजेट खर्च गरेको विवरण सार्वजनिक गरेको छ ।
यस्तैहरिहरपुरगढी गाउँपालिकाले ६८ करोड ७६ लाख ५१ हजार २३२ रुपैयाँ बजेटमध्ये ५३ करोड २५ लाख ४५ हजार ६३८ रुपैयाँ ८६ पैसा खर्च गरेको जानकारी दिएको छ । गाउँपालिकाले चालुतर्फ ७९.५६ प्रतिशत र पुँजीगततर्फ ७२.५१ प्रतिशत बजेट खर्च गरेको छ ।
त्यस्तै मरिण गाउँपालिकाले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षमा पालिकामा समग्र ७८.१५ प्रतिशत बजेट खर्च भएको छ । गाउँपालिकाको चालुतर्फ ८४.१८ प्रतिशत र पुँजीगततर्फ ६६.६६ प्रतिशत बजेट खर्च भएको उल्लेख गरेको छ ।



