“चुरे संरक्षणमा विद्यार्थीको भूमिका” विषयमा वक्तृत्वकला
सिन्धुली/चुरे उत्थानशील आयोजना, प्रदेश आयोजना व्यवस्थापन इकाई सिन्धुलीले आइतबार सिन्धुलीमाढीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
कार्यालयको बार्षिक स्विकृत कार्यक्रम मार्फत सन्चालन भएको विद्यालय संरक्षण शिक्षा अभियान कार्यक्रमको अतिरिक्त क्रियाकलाप अन्तर्गत वक्तृत्वकला प्रतियोगिता गरिएको कार्यालयले जनाएको छ । प्रतियोगितामा प्रतिष्पर्धीहरुले “चुरे संरक्षणमा विद्यार्थीको भूमिका” विषयमा आफ्ना तर्क प्रस्तुत गरेका थिए ।
जिल्लाको कमलामाई नगरपालिका, तीनपाटन गाउँपालिका र दुधौली नगरपालिकाका जम्मा १३ वटा विद्यालयका विद्यार्थीहरुले प्रतियोगितामा स्पर्धा गरेका थिए । जसमा जनजागृति मावि भिमानकी प्रमिशा काफ्ले प्रथम हुनुभएको छ भने भवानी मावि भिमस्थानकी प्राश्ना काफ्ले द्धितिय हुनुभएको छ । त्यस्तै नवज्योति मावि गिचिहानीका बासुका फुयालले तृतिय स्थान प्राप्त गर्दा चन्द्रावती मावि बेलघारीकी शोभा विक र जनजागरण मावि हर्षाहीकी खुशी अधिकारीले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने विद्यार्थीहरुलाई क्रमसः १० हजार, ८ हजार र ६ हजार नगद तथा प्रमाण पत्र वितरण गरिएको छ। प्रतियोगितामा सान्त्वना हुने दुईजनाले जनही नगद २ हजार पाँच सय प्राप्त गरेका छन् । प्रतियोगि विद्यार्थीहरुले चुरे संरक्षणमा विद्यार्थीको भूमिकाका विषयमा गहन विचारहरु प्रस्तुत गरेका छन् । उनिहरुले चुरे विनासका कारण, समाधानका उपाय र सम्वन्धित निकायहरुको भूमिकाका विषयहरु पनि उठान गरेका थिए । विद्यार्थीहरुले बढ्दो शहरीकरण, अनियन्त्रित बसोबास, भूक्षय, डढेलो, वन विनास लगायतका कारणले चुरे क्षेत्रको विनास भैरहेको तर्क प्रस्तुत गरेका थिए ।



