मरिण ५ मा मोटर, पाइप र डस्टबिन वितरण

सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिका–५ मा स्थानीय नागरिकहरूको आधारभूत सेवा, सरसफाइ तथा विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले मोटर, पाइप, स्ट्रेचर तथा डस्टबिन वितरण गरीएको छ ।

मरिण ५ का वडा अध्यक्ष दिपक माझीको अध्यक्षतामा आज शुक्रबार एक कार्यक्रमको आयोजना गर्दे मोटर, पाइप, स्ट्रेचर तथा डस्टबिन वितरण गरीएको हो ।

आज वितरण गरिएको मोटर तथा पाइपले खानेपानी र सिँचाइ व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ । त्यसैगरी, स्ट्रेचरले आकस्मिक स्वास्थ्य सेवा तथा विपद्का समयमा बिरामी र घाइतेको सुरक्षित उद्धारमा प्रभावकारी भूमिका खेल्ने विश्वास लिइएको छ भने डस्टबिन वितरणमार्फत समुदायमा सरसफाइको संस्कृतिलाई प्रवद्र्धन गर्दै फोहोर व्यवस्थापनलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको मरिण गाउँपालिकाले जानकारी दिएको छ ।

सामागी्र वितरण पश्चात कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गाउँपालिका अध्यक्ष विमर्श मुक्तानले स्थानीय नागरिकको जीवनस्तरमा सुधार, सहज सेवा प्रवाह तथा स्वच्छ, सुरक्षित र समृद्ध मरिण निर्माणका लागि गाउँपालिका निरन्तर प्रतिबद्ध रहेको बताउँनुभयो । त्यस्तै उहाँले आवश्यक पूर्वाधार विकाससँगै जनमुखी तथा नागरिकमैत्री कार्यक्रमलाई आगामी दिनमा पनि उच्च प्राथमिकताका साथ निरन्तर अघि बढाइने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ,प्रतिनिधि, कर्मचारी, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *