१० दिने गार्मेट व्यवसाय प्रवद्र्धन सीप विकास तालिम समापन

सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका १० सानोगाउँमा सञ्चालित १० दिने गार्मेट व्यवसाय प्रवद्र्धन सीप विकास तालिमको समापन भएको छ ।

१० दिने गार्मेट व्यवसाय प्रवद्र्धन सीप विकास तालिमको आज एक कार्यक्रमको आयोजना गर्दे समापन गरीएको हो ।

१० दिने गार्मेट व्यवसाय प्रवद्र्धन सीप विकास तालिम स्थानीय नागरिकहरूलाई स्वरोजगार बन्न र सीप विकास मार्फत आर्थिक रूपमा आत्मनिर्भर आयोजना गरीएको कमलमाई नगरपालिकाले जानकारी दिएको छ ।

असार ७ गतेदेखि सुरु भएको तालिम आज समापन गरीएको हो । तालिममा १५ जना भन्दा धेरैको सहभागिता रहेको थियो ।

 

कमलामाई नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार सञ्चालन गरीएको तालिमको आज समापन समारोहमा कमलमाई वडा नं. १० का अध्यक्ष दिप वहादुर कार्की सम्बन्धीत शाखाका कर्मचारीहरू र तालिममा सहभागीहरूको उपस्थिति रहेको थियो ।

कमलामाई नगरपालिकाले यस्ता प्रकारका धेरै तालिमहरुको आयोजना गर्दै आईहरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *