सिद्धबाबाले गर्याे उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई सम्मान

सिन्धुली/सिद्धबाबा प्लस टु म्यानेजमेण्ट कलेजले यस वर्षको कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

कलेजले आज एक विशेष कार्यक्रमको आयोजना गर्दै सिद्धबाबा प्लस टुबाट जिल्ला प्रथम, द्वितीय तथा तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीहरूलाई सम्मानपत्र, खादा तथा पुरस्कार प्रदान गर्दै सम्मान गरेको हो ।

विद्यार्थीहरूको मेहनत, लगनशीलता र अनुशासनको कदर गर्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजा ल्याउन प्रेरित गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरीएको सिद्धबाबा प्लस टुका डाइरेक्टर राहुल सिंह ले सिन्धली खबरलाई जानकारी दिनुभयो ।त्यस्तै उहाँले जिल्ला प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका सम्पूर्ण विद्यार्थीहरूलाई समाजको लागि प्रेरणाका स्रोत भएको बताउनुहुँदै आगामी दिनमा पनि सिद्धबाबा प्लस टु म्यानेजमेण्टले गुणस्तरीय शिक्षा र उत्कृष्ट शैक्षिक उपलब्धिलाई निरन्तरता दिने प्रतिद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै सिद्धबाबा प्लस टु म्यानेजमेण्ट सिन्धुलीबाट यस वर्ष परीक्षामा ८१ जना विद्यार्थीहरु सहभागि भएका थिए । जस्मा ८१ जना विद्यार्थीनै प्रथम स्थानमा उत्तीर्ण भएका छन् । विद्यालयको अनुुसार ५४ जनाले ४ जीपीए ल्याउन सफल भएका छन् भने २७ जनाले ३ ः६० जीपीए ल्याउन सफल भएका छन् । प्रकाशित नतिजाअनुसार जिल्लाकै प्रथम हुन सफल असिमा दाहाललाई कलेजले आज २५ हजार नगद सहित सम्मानपत्र, खादा तथा पुरस्कार प्रदान गर्दै सम्मान समेत गरेको थियो ।सिद्धबाबा प्लस टुले विगतका वर्षहरूमा पनि कक्षा १२ को नतिजामा उत्कृष्ट प्रदर्शन गर्दै आएको थियो भने यस वर्ष पनि जिल्लामा पहिलो स्थान कायम राख्न सफल भएको छ ।

सम्मानित विद्यार्थीहरूले विद्यालयप्रति आभार व्यक्त गर्दै आफ्नो सफलतामा शिक्षक, अभिभावक र विद्यालयको निकै महत्वपूर्ण भूमिका रहेको बताएका थिए । कार्यक्रममा अभिभावक, शिक्षक, विद्यार्थी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *