झर्नालाई ह्विलचियर प्रदान गरियो
सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिका–४ निवासी १३ वर्षीया झर्ना थापालाई आज ह्विलचियर प्रदान गरिएको छ ।
ह्विलचियर राष्ट्रिय अपाङ्ग कोष, भृकुटीमण्डपको सहयोग तथा सिन्धुली महिला अपाङ्ग संघ, सिन्धुलीको समन्वयमा प्रदान गरीएको हो ।
कक्षा २ मा अध्ययनरत झर्ना शारीरिक रूपमा अपाङ्ग भए पछी ह्विलचियर नहुँदा विद्यालय जान र बाहिर हिडडुल गर्न सम्म निकै समस्या भएको थियो । त्यस्तै उनले शारीरिक अपाङ्ग भएकै कारण लामो समयदेखि सहज आवतजावत तथा शिक्षामा सहभागी हुन कठिनाइ समेत भोग्दै आएकी थिइन्।
झर्नाको अवस्थाबारे मरिण स्थित श्री मिलिजुली विद्यालयकी प्रधानाध्यापक पुष्पा पन्तले सिन्धुली महिला अपाङ्ग संघका अध्यक्ष दिल कुमारी देवकोटा (दीपा) लाई जानकारी गराएपछि सिन्धुली महिला अपाङ्ग संघले नेतृत्व गरेर आवश्यक पहल थालेको थियो ।
पहल पश्चात आज उनलाई एक कार्यक्रमको आयोजना गर्दे ह्विलचियर प्रदान गरीएको सिन्धुली महिला अपाङ्ग संघका अध्यक्ष दिल कुमारी देवकोटा (दीपा) ले सिन्धुली खबरलाई जानकारी दिनुभयो ।
ह्विलचियर पाए पश्चात झर्नाको दैनिक जीवन, विद्यालय आवतजावत तथा शिक्षामा सहभागिता सहज हुने अपेक्षा गरिएको छ ।



