मरिणमा मेलमिलाप सम्बन्धि आधारभूत तालिम सुरु

सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिकामा मेलमिलाप सम्बन्धि आधारभूत ४८ घण्टे तालिमको उद्घाटन गरीएको छ ।

४८ घण्टे तालिमको आज बुधवार एक विशेष समारोह बिच गाउँपालिकाका पालिका अध्यक्ष विमर्श मुक्तान उद्घाटन गर्नुभएको हो ।

“विचार, संवाद र एकता ः भेदभावरहित न्यायको प्रतिवद्धता“ भन्ने मूल नारासहितको साथ सरु भएको तालिम सिन्धुलीको मरिण गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको मरिण गाउँपालिकाले जानकारी दिएको छ ।

समुदाय स्तरमा उत्पन्न हुने विवादहरूको शान्तिपूर्ण समाधान गर्न र सामाजिक सद्भाव कायम गरी न्यायमा सहज पहुँच अभिवृद्धि गर्न मेलमिलाप सम्बन्धी आधारभूत ४८ घण्टे तालिमको आयोजना गरीएको  गाउँपालिकाले जानकारी दिएको छ ।

तालिम पश्चात पालिकाले सहभागीहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ ।

मरिण गाउँपालिकाका पालिका उपाध्यक्ष विमला माझीको अध्यक्षता भएको उद्घाटन समारोहमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ तथा सम्बन्धित सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *