पाँच दिने खोज पत्रकारीता तथा फोटो भिडियो पत्रकारीता तालिम समापन

सिन्धुली/सिन्धुलीमाढीमा सञ्चालित पाँच दिने खोज पत्रकारीता तथा फोटो भिडियो पत्रकारीता तालिमको आज एक कार्यक्रमका बिच समापन गरिएको छ ।

नेपाल पत्रकार महासंघ सिन्धुलीको आयोजना तथा हरिहरपुरगढी गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको तालिम आज शुक्रवार समापन भएको हो ।

समापन समारोहलाई सम्बोधन गर्नुहुँदै हरिहरपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णहरी न्यौपानेले जिम्मेवार पत्रकारिताको प्रवद्र्धन र विकासका लागि सबै सरोकारवाला निकायहरुले आ–आफ्नो दायित्व निर्वाह गर्न आवश्यक रहेको बताउनुभयो ।

यस्तै उहाँले आगामी वर्षहरूमा पनि सञ्चार क्षेत्रको सुदृढीकरण, पत्रकारहरुको क्षमता अभिवृद्धि र प्रोत्साहनको लागि आवश्यक नीति, कार्यक्रम तथा बजेट तर्जुमा गरी प्रभावकारी रूपमा कार्यान्वयन गरिने समेत बताउनुभयो ।

त्यसैगरी जिल्लाका पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ५ दिने खोज पत्रकारिता तथा फोटो–भिडियो पत्रकारिता सम्बन्धी तालिमको आयोजना गरीएको नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष बाबुराम देवकोटाले जानकारी दिनुभयो ।

पाँच दिन सम्म सञ्चल गरिएको तालिममा दुई दिन नेपालमा लामो समय देखि खोज पत्रकारीता गरेको अनुभवी वरिष्ट पत्रकार शिव गाउँलेले खोज पत्रकारीता कसरी गर्ने ? खोज पत्रकारीता कसरी गर्ने सकिन्छ? कस्ता कस्ता चुनौतीहरू आउँछन् भन्ने बिषयहरुको बारेमा सहभागीहरुलाई जानकारी गराउनुभएको थियो ।

त्यस्तै तीन दिन सम्म राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदिप राज वन्तले फोटो कसरी खिच्ने ? फोटोको क्याप्सन कसरी लेख्ने?कसरी खिच्दा फोटोहरु राम्रो आउँछ भन्ने बारे जानकारी गराउनु भएको थियो ।राष्ट्रिय फोटो पत्रकार समूह कास्की शाखाका सचिव प्रेम थापाले भने भिडियोहरु कसरी बनाउँने र भिडियोहरु कसरी इडिट गर्ने भनेरसफ्ट्वयर चलाउन सिकाउनुभएको थियो ।

सिन्धुलीमाढीमा सञ्चालन गरीएको पाँच दिने खोज पत्रकारीता तथा फोटो भिडियो पत्रकारीता तालिममा सिन्धुली जिल्लाका ३० पत्रकार तथा सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *