खोज पत्रकारिता तथा फोटो–भिडियो पत्रकारिता तालिम सुरु

सिन्धुली/सिन्धुलीमाढीमा आज सोमबारबाट ५ दिने खोज पत्रकारिता तथा फोटो–भिडियो पत्रकारिता सम्बन्धी तालिम सुरु भएको छ ।

बाट ५ दिने खोज पत्रकारिता तथा फोटो–भिडियो पत्रकारिता सम्बन्धी तालिमको आज एक विशेष समारोह बिच हरीहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईवाल उद्घाटन गर्नुभएको हो ।

जिल्लाका पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ५ दिने खोज पत्रकारिता तथा फोटो–भिडियो पत्रकारिता सम्बन्धी तालिमको आयोजना गरीएको नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष बाबुराम देवकोटाले जानकारी दिनुभयो ।

आज सोमबारबाट सुरु गरीएको तालिम जेठ २९ गते सम्म सिन्धुलीमाढीमा सञ्चालन हुने छ ।
तालिमको आज पहिलो दिनमा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष शिव गाउँलेले खोजमूलक समाचार संकलन,  समाचारको गहिरो अनुसन्धान गर्ने विधिका बारेमा शहजीकरण गर्नु भएको छ ।

उद्घाटन शत्रमा प्रमुख अतिथी समेत रहनुभएको हरीहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईवाले आगमी बर्ष पनि पालिकाले पत्रकारको क्षमता विकासका लागि आवश्यक बजेट विनियोजन गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।

हरीहरपुरगढी गाउँपालिकाको आर्थिक सहयोग तथा नेपाल पत्रकार महासंघ सिन्धुली शाखाको आयोजनामा सञ्चालन भएको तालिममा जिल्लाका २० जना भन्दा धेरै सञ्चारकर्मी तथा क्रियाशिल पत्रकारहरूको सहभागिता रहने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *