हरिहरपुरगढीमा खोरेत रोग नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रम हुने

सिन्धुली/सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा खोरेत रोग रोकथाा तथा नियन्त्रण अभिमूखिकरण कार्यक्रम सञ्चालन हुने भएको छ ।

पालिकाले हिजो बिहिबार एक सूचना प्रकाशन गर्दे गाउँपालिकाको पशु सेवा शाखाको आयोजनामा खोरेत रोग रोकथाा तथा नियन्त्रण अभिमूखिकरण कार्यक्रम सञ्चालन हुने जानकारी दिएको हो ।

कार्यक्रममा खोरेत रोगको पहिचान, रोग सर्ने माध्यम, रोकथामका उपायहरु, खोप कार्यक्रमको महत्व, रोग देखिएमा अपनाउनुपर्ने सावधानी तथा नियन्त्रणका रणनीतिबारे जानकाकारी गराइने छ भने कार्यक्रममा सहभागीहरूको जिज्ञासा र अनुभव आदान–प्रदानको अवसर समेत व्यवस्था गरीएको छ । पालिकाको अनुसार खोरेत रोग नियन्त्रणका लागि आवश्यक औषधि समेत वितरण गरिने छ ।

अभिमुखीकरण कार्यक्रम पालिकाको सबै वडाहरुमा सञ्चाल गरीने छ । अभिमुखीकरण वडा नम्बर १ बाट सुरु भएर ८ नम्बर वडामा गएर समापन हुने छ । पालिकाले समय समयमा यस्ता प्रकारका कार्यक्रमहरु सञ्चालन गर्दे आइरहेको छ ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *