जिल्ला ट्राफिक प्रहरीको नवनिर्मित भवन उद्घाटन

सिन्धुली/जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीको नवनिर्मित भवनको आज एक विशेष समारोह बिच उद्घाटन गरीएको छ ।

भवनको आज बिहिबार कमलामाई नगरपालिकाका नगर प्रमुख कुमार पोखरेलले उद्घाटन गर्नु भएको हो ।

उद्घाटन समारोहमा बोल्नुहुँदै नगर प्रमुद पोखरेलले नागरिकको सुरक्षा, व्यवस्थित यातायात र सुरक्षित सडक सबैको प्राथमिकताको विषय रहेको बताउनुहुँदै लामो समयदेखि उपयुक्त भौतिक पूर्वाधारको अभावमा ट्राफिक प्रहरीहरूले भोग्नुपरेको समस्यालाई मध्यनजर गर्दै कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा भवन हस्तान्तरण गर्न पाउँदा अत्यन्तै खुसी लगेको बताउनुभयो ।

त्यस्तै उहाँले जिल्ला भौगोलिक रूपमा रणनीतिक र व्यस्त सडक सञ्जाल (बीपी राजमार्ग लगायत) सँग जोडिएकाले ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण रहेको बताउनुहुँदै अबका दिनमा जिल्लाको ट्राफिक व्यवस्थापनमा थप सबल, सुरक्षित र नागरिकमैत्री बनाउने र नगरपालिका आगामी दिनमा पनि शान्ति सुरक्षा र सडक सुरक्षाका हरेक कार्यमा प्रहरी संग सहकार्य गर्ने बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ वडा नं. ६ का वडा अध्यक्ष उज्ज्वल कुमार थापा, भवानी बक्स गणका प्रमुख, राष्ट्रिय अनुसन्धान सिन्धुली जिल्ला कार्यालयका प्रमुख, क.न.पा. प्रशासन शाखा प्रमुख, स्थानीय पत्रकारहरू एवं प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *