मरिणमा क्रिष्टलको गहना बनाउने तालिमको उद्घाटन

सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिकामा आज सोमबार एक विशेष समारोह बिच महिलाहरूका लागि क्रिष्टलको गहना बनाउने तालिमको उद्घाटन गरीएको छ ।

क्रिष्टलको गहना बनाउने तालिमको मरिण गाउँपालिकाका पालिका प्रमुख तथा कार्यक्रमका प्रमुख अथिति समेत रहनु भएको विमर्श मुक्तानले उद्घाटन गर्नु भएको हो ।

तालिम मरिण गाउँपालिकाको सहयोत तथा यिप्सीता अग्रिम प्रा.लि.को आयोजनामा गरीएको हो । तालिममा पालिकाका महिलाहरुको सक्रिय सहभागिता रहने छ । तालिम अवधीभर प्रशिक्षकका रुपमा सुनिता के.सी.रहनु हुने गाउँपालिकाले जानकारी दिएको छ ।

यिप्सीता अग्रिम प्रा.लि.का अध्यक्ष रजिना नेपालीको अध्यक्षतामा भएको कार्याक्रममा मकवानपुरगढी गाउँपालिकाका उपाध्यक्ष मानकुमारी पाख्रिन (नेपाली), वडा नं. ६ का वडा अध्यक्ष हर्कवीर माझी, मरिण गाउँपालिकाका नि. प्रमुख प्रशासकीय अधिकृत मधु लाखे, अतिथि एवं कार्यक्रमका प्रशिक्षक सुनिता के.सी. कार्की लगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *