घ्याङलेखमा दुई दिने निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने
सिन्धुली/सिन्धुलीको घ्याङलेख गाउँपालिकामा यहि आउँदो जेठको ३ र ४ गते निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने भएको छ ।
पालिकाले हिजो सोमबार एक सूचना प्रकाशन गर्दे पालिकामा दुई दिने निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने जानकारी दिएको हो ।
नागरिकहरूको आँखा सम्बन्धी समस्याको उपचारमा सहज पहुँच पु¥याउने उद्देश्यले आयोजना गरीनेशिविर घ्याङलेख गाउँपालिका र ख्वप तिलगंगा आँखा अस्पताल को संयुक्त आयोजनामा सञ्चालन हुन लागेको पालिकाले जानकारी दिएको छ ।
शिविरमा सहभागी हुने बिरामीहरूले आवश्यक लत्ता कपडा तथा व्यक्तिगत सामग्री आफैंले ल्याउनुपर्ने छ । साथै शल्यक्रियाका लागि पूर्व परीक्षण अनिवार्य गर्नपर्ने पालिकाले प्रकाशन गरेको पत्रमा उल्लेख गरीएको छ ।
शल्यक्रियाका लागि छनोट भएका बिरामीहरूको लागि यातायात व्यवस्था पनी गाउँपालिकाले गर्ने छ भने आँखासम्बन्धी समस्या भएका सबै नागरिकलाई शिविरको लाभ उठाउन गाउँपालिकाले आग्रह गरेको छ ।
घ्याङलेख गाउँपालिकाले समय समयमा यस्ता प्रकारका शिविरहरु सञ्चालन गर्दे आईरहेको छ ।



