माध्यमिक विद्यालय स्तरिय हाजिरीजवाफ प्रतियोगिता
सिन्धुली/सिन्धुलीढीमा आज आइतबार माध्यमिक विद्यालय स्तरिय हाजिरीजवाफ प्रतियोगिता गरीएको छ ।
नेपाल रेडक्रस सोसाइटी शिद्धबाबा उपशाखा ढुंग्रेबासको आयोजना गरीएको प्रतियोगिता कमलामाई नगरपालिका ४ अन्तरगतका ६ वटा विद्यालयहरुको सहभागिता रहेको थियो ।
माध्यमिक विद्यालय स्तरिय हाजिरीजवाफ प्रतियोगितामा सिन्धुली एकेडेमी सिन्धुलीले प्रथम स्थान हासील गर्न सफल भएको छ । त्यस्तै प्रतियोगितामा कमला माध्यमिक विद्यालय ढुंग्रेबास दोस्रो, सिन्धुली विद्याश्रम तेस्रो र सिन्धुली पाठशाला सान्तोना भएको छ ।त्यसैगरी प्रतियोगितामा पन्चकन्या मावि कुडुले र बरुणदेवी मावि खट्टार पनि सहभागि थियो ।
प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय, र सान्तोना हुने विद्यार्थीलाई पुरस्कार सहित प्रमाण पत्र वितरण गरिएको थियो भने सहभागी भएका विद्यालयका विद्यार्थीहरुलाई पनि प्रमाणपत्र वितरण गरिएको थियो ।
सहभागी विद्यालयको तर्फ बाट बरुणदेवी मावि खट्टारका प्रद्यानाध्यापक सन्तोष श्रेष्ठले मेहनत गरे पछिमात्र फल आफै आउने हुनाले आजै बाट मेहनत गर्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।
नेपाल रेडक्रस सोसाइटी शिद्धबाबा उपशाखा ढुंग्रेबासका अध्यक्ष सन्तोष बोहोरको अध्यक्षता तथा कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सिन्धुलीका अध्यक्ष अशोक श्रेष्ठ विद्यालका प्रद्यानाध्यापक तथा शिक्षक लगाएत रेडक्रसकर्मीहरुको सहभागिता रहेको थियो ।



