मरिणमा स्वास्थ्यकर्मीलाई मानसिक स्वास्थ्यसम्बन्धी पुनर्ताजगी तालिम
सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिकामा मानसिक स्वास्थ्य सम्बन्धी १ दिने पुनर्ताजगी तालिम तथा प्रिस्क्राइबरहरूको सुपरभिजन कार्यक्रम भएको छ ।
कार्याक्रम मरिण गाउँपालिका तथा टिपिओ नेपालको संयुक्त आयोजनामा आज बिहिबार मरिण आधारभूत अस्पतालमा भएको हो ।
१ दिने पुनर्ताजगी तालिम तथा प्रिस्क्राइबरहरूको सुपरभिजन कार्यक्रमको मानसिक रोग विशेषज्ञ डा उद्वव लामाले सहजीकरण गर्नुभएको थियो ।
तालिममा सहभागी स्वास्थ्यकर्मीहरूलाई मानसिक स्वास्थ्य समस्याको पहिचान, प्राथमिक उपचार, परामर्श सीप र औषधि व्यवस्थापनबारे पुनर्ताजगी गराइएको थियो ।
साथै तालिममा प्रिस्क्राइबरहरूको क्लिनिकल अभ्यासबारे सुपरभिजन गरी आवश्यक सुझाव तथा मार्गदर्शन प्रदान गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।
तालिममा टिपिओ नेपालबाट यसअघि मानसिक स्वास्थ्य सेवा सम्बन्धी तालिम प्राप्त गरेका स्वास्थ्यकर्मीहरूको सहभागिता थियो ।



