किशोरीहरू सबल र बुलन्द आवाज उठाउने १ दिने अभियान कार्यक्रम

सिन्धुली/सिन्धुलीमाढिमा बुधबार जनजाति समाज विकास कार्यक्रम (जेसडीपि) सिन्धुलीको आयोजना र प्लान इन्टरनेशनल नेपालको सहयोगमा किशोरीहरू सबल र बुलन्द आवाज उठाउने १ दिने अभियान कार्यक्रम भएको छ ।

कार्यक्रममा ६ वटा स्थानिय तहबाटहरुका १५ जना किशोरीहरु सहभागी रहेको थियो ।

किशोरीहरूलाई आत्मविश्वासी,सबल र सशक्त  बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा सहभागी किशोरीहरूले आफ्ना अनुभव, समस्या र सम्भावनाबारे खुलेर विचार र शिक्षा, स्वास्थ्य, लैंगिक समानता, बालविवाह, हिंसा तथा आत्मनिर्भरता जस्ता विषयमा केन्द्रित भएर छलफल गरेका थिए ।

कार्यक्रम पश्चात् सहभागि भएका किशोरीहरूले ‘आफूलाई बोल्न, सोच्न र अघि बढ्न हौसला मिलेको’ प्रतिक्रिया दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *