सिन्धुलीमा ग्यास लिक हुँदा दुई जना युवती घाइते

सिन्धुली/सिन्धुलीको गोलन्जोर गाउँपालिकामा आज आईतबार ग्यास लिक हुँदा दुई जना युवती घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्ष सूर्य प्रकाश सुवेदीको अनुसार गोलन्जोर ७ दमाईडाँडा स्थित एक घरमा आईतबार दिउँसो करिब ३ समयमा ग्यास लिक हुँदा दुई जना युवती घाइते भएका हुन् ।

उहाँको अनुसार घाइते हुनेमा गोलन्जोर गाउँपालिका ३ घर भएकी २० वर्षीया टिका कुमारी विक र गोलन्जा ७ का ३७ वर्षीया बिनिता विक रहेका छन् । टिका कुमारी बनिताको घरमा घरमा डेरा गरी बस्दै आएकी थिइन ।

टिका कुमारी विक कक्षा १२ को परीक्षा दिने तयारीमा थिइन् । सोही क्रममा उनी किचनमा ग्यास बाल्न जाँदा सिलिन्डरबाट ग्यास लिक भई अचानक आगो सल्किएको र उक्त घटनामा टिका कुमारी विकसँगै घरधनी बिनिता विक पनि घाइते भएका हुन् । घाइते दुबै जनाको हात र अनुहारमा जलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

घटनापछि दुवै जनालाई खुर्कोटस्थित शुभ जीवन अस्पताल लगिएको थियो । त्यहाँ प्राथमिक उपचार पश्चात् थप उपचारको लागि दुवै जनालाई कीर्तिपुर अस्पताल रिफर गरिएको प्रहरीले जानकारी दिएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *