कमलामाईमा विल्डिङ इलेकट्रिसियन तालिमक संचाल हुने

सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिकामा बेरोजगारका लागि विल्डिङ इलेकट्रिसियन तालिमक संचाल हुने भएको छ ।

नगरपालिकाले गत बुधबार एक सूचना प्रकाश गर्दे रोजगारका लागि विल्ड इलेकट्रिसियन तालिमक संचाल हुने जानकारी दिएको हो ।

कमलामाई नगरपालिकाको २०८२/८३ को वार्षिक स्वकूत कार्यक्रम अनुसार आन्तरीक रोजगार प्रर्वद्धन गर्ने उदेश्यले बेरोजगार व्यक्तिहरूलाई छोटो समयको लागि निःशुल्क विल्ड इलेकट्रिसियन तालिम सञ्चालन गर्ने लागेको पालिकाले प्रकाशन गरेको पत्रमा उल्लेख गरीएको छ ।

नगरपालिकाले इच्छुक बेरोजगार व्यक्तिहरूलाई यहि आउँदो १५ गते भित्र रोजगार सेवा केन्द्रमा उपस्थित भई निवेदन दिन आह्वान गरेको छ ।

निवेदन पेश गर्नका लागि निवेदन,नागरिकताको प्रतिलिपि (१ प्रति) र पासपोर्ट साइजको फोटो (१ प्रति) चाहिने उक्त पत्रमा उल्लेख गरीएको छ । जस्को लागि योग्यता रोजगार सेवा केन्द्रको –इ एम आई एस )प्रणालीमा सूचीकृत हुनुपर्ने साधारण लेखपढ गर्न सक्ने हुनुपर्ने छ ।

तालिममा सहभागीहरूलाई खाजा/नास्ताको व्यवस्था गरिएको छ भने तालिम अवधि भर स्टेशनरी लगाएत अन्य प्रशिक्षण सामग्री निःशुल्क उपलब्ध गराइनेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *