सिन्धुलीमा ईभी दुर्घटना ,११ जना घाइते
सिन्धुली/सिन्धुलीको मदनभण्डारी राजमार्ग सडकखण्ड अन्तर्गत कमलामाई नगरपालिका १ चौराईमा ईभी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्यप्रकाश सूवेदीका अनुसार शनिबार मध्याहन्न १२ः५० बजेको समयमा सिन्धुलीबाट हैटाडा तर्फ जाँदै गरेको बा.प्र.०१.००६ ख ७००५ नम्बरको ईभी दुर्घटना हुँदा गाडिमा सवार मानिसहरु घाइते भएका हुन् । उहाँको अनुसार इभी आफै अनियन्त्रित भई सडकको दाहिने साईडमा गई दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते हुनेहरुमा सिन्धुलीको मरिण गाउँपालिका २ का १५ वर्षीय पूर्णीमा राई, २५ वर्षीय सिद्धार्थ थाठामगर, हरीहरपुरगढी गाउँपालिका १ का ७२ वर्षीय सानुमाया घलान, ६३ वर्षीय सागर बहादुर घलान, मकवानपुरको बकैया गाउँपालिका ३ का ५० वर्षीय भिम बहादुर मोक्तान, ७० की सुन्तली मोक्तान घाइते भएका छन् ।
यसैगरि मकवानपुरको हेटौडा महानगरपालिका १८ का ३९ वर्षीय सुशिला मोक्तान, सर्लाहीको बागमती गाउँपालिका ६ का १८ वर्षीय लक्षमण राई, सर्लाहीको बागमती नगरपालिका ८ का ४७ वर्षीय राम बहादुर कार्की, सप्तरीका १९ वर्षीय चन्चल चौधरी र ओखलढुंङगाका ३९ वर्षीय रुद्र बहादुर खड्का घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूवेदीले बताउनुभयो । शरिरको विभिन्न भागमा चोट लागी घाइते भएका ११ जनालाई नै तत्काल उद्धार गरि उपचारको लागि जिल्ला अस्पताल सिन्धुली ल्याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्यप्रकाश सूवेदीले जानकारी दिनुभयो ।
प्रहरीको अनुुसार हाल ईभी र ईभी चालक मकवानपुरको हेटौडा महानगरपालिका ८ कमाने का ४५ वर्षीय प्रकाश पाख्रीनलाई भने प्रहरी चौकी डांडीगुरांसेले नियन्त्रणमा लिएकोको छ ।

