आत्महत्याको संवेदनशील रिपोर्टिङ सम्बन्धी संचारकर्मीहरुसँग अभिमुखीकरण

 

सिन्धुली/सिन्धुलीमाढीमा आज शुक्रबार आत्महत्याको संवेदनशील रिपोर्टिङ सम्बन्धी संचारकर्मीहरुसँग अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम गरीएको छ ।

आत्महत्या जस्तो संवेदनशील विषयको समाचार सम्प्रेषणलाई मर्यादित, जिम्मेवार र तथ्यपरक बनाउन उद्देश्यले संचारकर्मीहरुसँग अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम गरीएको हो

कार्यक्रममा स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका मनोविद अधिकृत एभोन श्रेष्ठले आत्महत्याका परिचय, सम्भावित लक्षणहरु, आत्महत्या सम्बन्धी जिम्मेवार रिपोर्टिङ पत्रकाहरुले कसरी गर्ने ?, आत्महत्या सम्बन्धी बिषयवस्तु समेट्दा डिजिटल संचार माध्यमले ध्यान दिनुपर्ने पक्षहरु, आत्महत्या सम्बन्धी समाजमा स्थापित गलत धारणा र बास्तविकता लगायतका बिषयहरुमा जानकारी गराउनुहुँदै समाजमा विद्यमान आत्महत्या सम्बन्धी गलत धारणा र यथार्थबीचको भिन्नता स्पष्ट पार्नुभयो ।

कार्यक्रममा वक्ताहरूले समाचार माध्यमले समाजमा पार्ने प्रभावलाई ध्यानमा राख्दै आत्महत्या सम्बन्धी सामग्री प्रकाशन तथा प्रसारण गर्दा विशेष संवेदनशीलता अपनाउनुपर्नेमा बताउदै यस्ता विषयहरुमा सनसनीपूर्ण प्रस्तुति नगरी सन्तुलित र जिम्मेवार पत्रकारिता अभ्यास आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो ।

त्यसैगरी  जनस्वास्थ्य कार्यालय सिन्धुलीका कार्यालय प्रमुख बिमल पटेलले आत्महत्या सम्बन्धी समाचारमा प्रयोग गर्न उपयुक्त तथा अनुपयुक्त शब्दहरु समावेश गर्ने र पीडित र उनका परिवारको गोपनीयता संरक्षण गरेरमात्र समाचार प्रकाशन गर्न आग्रह गर्नुभएको छ ।

जनस्वास्थ्य कार्यालय सिन्धुलीले समय समयमा यस्ता प्रकारका कार्यक्रमहरु गर्देआइरहेको छ ।जनस्वास्थ्य कार्यालय सिन्धुलीको आयोजनामा भएको कार्यक्रममा  जिल्लाका विभिन्न संचारमाध्यममा आवद्ध संचारकर्मीहरुको सहभागीता रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *