उत्कृष्ट सासु–बुहारीलाई सम्मान
सिन्धुली/सिन्धुलीको फिक्कल गाउँपालिकाले आज बिहिबार एक बिशेष समारोह बिच उत्कृष्ट सासु–बुहारीलाई सम्मान गरेको छ ।
पालिकाले आज पालिकाभर रहेका सासु–बुहारीहरु मध्य उत्कृष्ट रहेका सासु–बुहारीहरुलाइ सम्मान गरेको हो ।
यस्ता प्रकारका कार्यक्रमहरुले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने र सासु–बुहारी बीचको सम्बन्धलाई अझ धेरै राम्रो बनाउने भएकाले उत्कृष्ट सासु–बुहारीलाई सम्मान कार्यक्रमको आयोजला गरीएको फिक्कल गाउँपालिकाले जानकारी दिएको छ ।पालिको यस्ता प्रकारका सम्मान कार्यक्रमहरु हरेक वर्ष गर्दे आईरहेको छ ।
त्यस्तै सोहि अवसमा पालिकाले बाबु आमा विहीन बालबालिकाहरुका लागि संरक्षण कार्यक्रम सञ्चालन गरेको छ ।पालिकाको अनुसार बाबु आमा विहीन तथा अभिभावक विहीन बालबालिकाको संरक्षण, हेरचाह र उनीहरूको भविष्य सुनिश्चित गर्न कार्यक्रमको आयोजना गरीएको गाउँपालिकाले जनाकारी दिएको छ ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु, सरोकारवाला निकायका प्रतिनिधि र सर्वसाधारणको उपस्थिती रहेको थियो ।

