२४ जनाले गरे रक्तदान

सिन्धुली/ नेपाल रेडक्रस सोसाइटी शिद्वबाबा उपशाखाले सिन्धुलीले आज खुल्ला रक्तदान कार्यक्रम गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी शिद्वबाबा उपशाखाले सिन्धुलीको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी सिन्धुलीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरीएको हो ।

रगतका कारण अकाल्मै ज्यान जानेको संख्या दिन प्रतिदिन बढ्दै गएकाले थोरै भएपनि मानिसहरुको ज्यान बचाउन सकिन्छ भन्ने उद्दश्येले रक्तदान कार्यक्रमको आयोजना गरीएको नेपाल रेडक्रस सोसाइटी शिद्घबाबा उपसाखा सिन्धुलीका अध्यक्ष सन्तोष बोहोराले सिन्धुली खबरलाई जानकारी दिनुभयो । बोहोराको अनुसार शिद्वबाबा उपशाखा सिन्धुलीले आज आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा २४ जनाले रक्तदान गर्नुभएको छ ।

नेपाल रेडक्रस सोसाइटी शिद्वबाबा उपशाखा सिन्धुलीका अध्यक्ष सन्तोष बोहोराको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटीका पूर्व सभापति फाल्गुणी शर्मा तिमल्सीनाको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *