सिद्धज्योति शिक्षा क्याम्पसमा एक करोड पचास लाख रुपैयाँको दिगो अक्षयकोष स्थापना

सिन्धुली /सिद्धज्योति शिक्षा क्याम्पसले दिगो अक्षयकोष स्थापना गरेको छ ।

गरीब , असहाय , विपन्न र जेहेन्दार बिध्यार्थीहरुले आर्थिक अभावका कारण विदेश जानुपर्ने , बीचैमा पढाइ छाड्नुपर्ने जीवनभर गरीबीमा जुधिरहनुपर्ने समस्यालाई न्यून गर्ने उद्देश्यले  दिगो अक्षयकोष स्थापना अभियानको औपचारिक सुरुवात गरेको सिद्धज्योति शिक्षा क्याम्पसका प्रमुख नानिबाबु घिमीरेले जानकारी दिनुृभयो ।उहाँको अनुसार एक करोड पचास लाख रुपैयाँको दिगो अक्षयकोष स्थापना गरीएको हो ।

क्याम्पसका प्रमुख घिमीरेले समाजका हरेक तहका व्यक्तिहरूको साथ र सहयोगले मात्र शिक्षामा सम्मान पहुँच सुनिश्चित गर्न सक्छौं उहाँले भन्नुभयो ।त्यस्तै आगामी दिनमा अझै धेरै व्यापक रूपमा सहयोग संकलन अभियान सञ्चालन गरिने उहाँले बताउनुभयो ।

उक्त अभियानले स्थानीय समुदायमा पनि सकारात्मक सन्देश दिएको र अभिभावक, पूर्वविद्यार्थी तथा विभिन्न संघसंस्थाहरूले पनि यस कार्यलाई स्वागत गर्दै सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *