आइतवारदेखि बिपी राजमार्ग सडक दुईतर्फी सञ्चालन हुने

सिन्धुली/ सिन्धुलीको बीपी राजमार्ग आज शुक्रबार साँझबाट सञ्चालनमा आएको छ ।

काभ्रे खण्डमा १६ र सिन्धुली खण्डका ३ स्थानमा डाइभर्सन निर्माण भएपश्चात आजबाट राजमार्गलाई पुन संचालनमा ल्याईएको हो ।

असोज १८, १९ र २० गते परेको अविरल वर्षाको कारण उक्त राजमार्गको चार किलोमिटर सडक बगाएको थियो ।

जसअन्तर्गत आज सो राजमार्गको झन्डै ४ किलोमिटर सडकलाई अस्थायी रूपमा मर्मत गरी एकतर्फी सञ्चालन गरिएको हो।

उक्त अवरुद्ध भएको सडक खुलाउन रोशीखोलामा डाइसर्भन निर्माण, बगरलाई मिलाउनुका साथै खाल्डो समेत पुरिएको छ ।

साथै असोज १८, १९ र २० गतेसम्म परेको अविरल वर्षाको कारण काभ्रेको चौकीडाँडामा सबैभन्दा धेरै क्षति भएको थियो ।
साथै आउँदो आइतवारदेखि सडक दुईतर्फी रूपमानेई सञ्चालन गर्ने गरी काम भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *