१९ जनाको मृत्यमा सिन्धुलीका चार पालिका शोक विदा

सिन्धुली/जेनजीको आन्दोलनको क्रममा हिजो १९ जनाको मृत्यु भएकोमा सिन्धुलीका चार पालिकाले आज शोक विद दिने भएको छ ।

सिन्धुलीको मरिण गाउँपालिका, सुनकोशी गाउँपालिका, तीनपाटन गाउँपालिका र कमलामाई नगरपालिकाले सुचना जारि गर्दै शोक विदा दिएको छ । जेनजी आन्दोलनमा प्रहरीको गालि लागि सिन्धुलीका एकजनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । सिन्धुली गोलन्जोर गाउँपालिका १ का रोशन न्यौपानेको मृत्यु भएको हो ।

चार पालिकामा शैक्षिक संस्था, पालिका अन्तरगतका कार्यालयहरु विदा रहने छ भने कार्यपालिकाको कार्यालयको झण्डा आदा झुकाइने भएको छ । त्यस्तै हरिहरपुरगढी गाउँपालिकाले विहान शोक सभा गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *