उद्योग तथा वाणिज्य कार्यालयद्वारा १० महिनामा ६४ लाख ६५ हजार राजस्व संकलन
उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीले बैशाख मसान्तसम्म ६४ लाख ६५ हजार रुपौयाँ राजस्व संकलन गरेको छ ।
चालु आ.व. ०८१/०८२ मा ७५ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको उद्योग तथा वाणिज्य कार्यालयले १० महिनामा उक्त राजस्व संकलन गरेका हो । कार्यालयले गत वर्ष ७९ लाख ९४ हजार १० रुपौयाँ राजस्व संकलन भएको थियो ।
सिन्धुली उद्योग तथा वाणिज्य कार्यालयका सुचना अधिकारी पबित्रा गुरागाईको अनुसार चालु आर्थिक वर्षमा १५६ ओटा उद्योगहरु दर्ता भएका छन्, भने ६ सय ८१ ओटा उद्योगहरु नविकरण भएका छन् । साथै वाणिज्य तर्फ ११६ ओटा व्यवसायहरु दर्ता भएका छन्, भने ६ सय ५६ ओटा व्यावसायहरु नविकारण भएका छन् ।
सुचना अधिकारी गुरागाईका अनुसार हाल जिल्लामा ५ हजार ६ सय १ उद्योग, व्यवसायहरु रहेका छन् । जस मध्य ३ हजार ६४ कुषिजन्य, २ हजार २ सय ओटा सेवा मुलुक, ३३० ओटा उत्पादन मुलक, ५ ओटा सुचना मुलक र पर्यटन व्यावसाय २ रहेका छन् ।
गुरागाईको अनुसार १० महिनामा १९ पटक बजार अनुगन गरियो भने १ सय ७९ जना व्यापारीलाई सचेतना गराईएको छ । साथै कारवाहि र जरीवानाबाट २ लाख ९५ हजार राजस्व संकलन भएको छ ।


