स्ववियु निर्वाचनको लागि नेविसंघ सिन्धुलीद्वारा ११ ओटा सामुदायिक क्याम्पसमा दल दर्ता

स्ववियुको निर्वाचन नजिकिए संगै नेपाल बिद्यार्थी संघले आज सिन्धुलीको ११ ओटा सामुदायिक क्याम्पसमा दल दर्ता गरेको छ । नेपाल बिद्यार्थी संघ एक नेपालको सबभन्दा ठूलो पाट्री को बिद्यार्थी संघ हो ।

संघ, संगठन दर्ता गर्दा बजार मा र्याली गरेर बजारका क्याम्पसहरुमा दर्ता गरेको नेपाल विद्यार्थी संघ को अध्यक्ष भरत विकले बताउनु भयो । उहाको अनुसार नेपाल बिद्यार्थी संघ सधै बिद्यार्थीको हक अधिकारको लागि अहिलेसम्म लडिरहेको र सिन्धुलीमा स्ववियु आफ्नो पक्षमा बनाउन नेपाल बिद्यार्थी संघ अहिले क्याम्पस-क्याम्पस जुटिरहेको बताउनु भयो ।

यस्तै नेपाल बिद्यार्थी संघ स्ववियुको चुनाव गर्नको लागि क्याम्पस प्रशासनसग निर्वाचनको बिषयमा छलफल गरिएको नेपाल विद्यार्थी संघको अध्यक्ष विकले बताउनु भयो । चुनाव आउँदो चैत ५‌ गते हुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *