• सिन्धुली/जिल्लाको   मारीण गाउँपालिका वडा नम्बर १ मा रहेको बसेरी स्थित निम्न माध्यमिक विद्यालय बसेरिका १४ वर्षीया छात्रामाथि जबरजस्ती गरेको अभियोगमा एक शिक्षक पक्राउ परेको छ।
    विद्यालयका विज्ञान शिक्षकले कक्षा ८ की छात्रालाई प्रश्नपत्र दिन्छु भनी कोठामा बोलाई गत बिहिबार राति करिब १०:३० बजेदेखि विहान ३:०० बजेसम्म जबरजस्ती करणी गरेको सुचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
    प्रहरीको अनुसार जबरजस्ती करणी गर्ने शिक्षक जाजरकोट भेरी  नगरपालिका वडा नम्बर ९ का अन्दाजी २२ वर्षीया गोरख वि क रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ।
    घटनाबारे जानकारी पाएपछि विद्यालय व्यवस्थापन समिति, शिक्षकहरू र वडा अध्यक्षको उपस्थितिमा छलफल गरिएको थियो। तत्काल प्रहरी चौकी हरिहरपुर र कपिलाकोटबाट प्रहरी टोली परिचालन गरी आरोपित शिक्षकलाई नियन्त्रणमा लिइएको छ।
    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार पीडित बालिकाको उद्धार गरिएको र आरोपित शिक्षक विरुद्ध अनुसन्धान कार्य जारी रहेको  प्रहरीले जानकारी दिएको छ।