लागुऔषध सहित एक पुरुष प्रहरी नियन्त्रणमा

सिन्धुली/जिल्लामा आइतवार ४.२ ग्राम लागुऔषध सहित एक पुरुषलाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय भिमानमा रोकि चेकजाँच गर्ने क्रममा उदयपुर त्रियुगा नगरपालिकाका २९ बर्षिय हेमकान्त चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बिराटनगरबाट काठमाण्डौं तर्फ जादै गरेको बा ५ ख ५९८८ को हायसलाई इलाका प्रहरी कार्यलय भिमानमा चेकजाँच गर्ने क्रममा सर्टको खल्तीमा लुकाई छिपाई राखिएको लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ बरामद गरीएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जानकारी दिएको छ ।
चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेके जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रवक्ता तथा सुचना अधिकारी प्रहरी निरिक्षक सुनिल प्रसाद चौरसियाले जालकारी दिनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *