विभिन्न सात वुदे माग सहित गाउँपालिकालाई ज्ञापनपत्र

सिन्धुली/सिन्धुलीको फिक्कल गाउँपालिकामा आज आइतबार
नेपाली कांग्रेस फिक्कल गाउँपालिका कार्यसमिती र नेकपा (माओवादी केन्द्र) फिक्कलले सयुक्त रुपमा सातबुदे ज्ञापनपत्र पालिकालाई बुझाएको छ ।
फिक्कल गाउँपालिकाको केही समसामयिक सन्दर्भमा प्रष्ट हुन चाहेको र गम्भीर आपत्ती रहेको ठहर गर्दै सातबुदे ज्ञापनपत्र पालिकालाई बुझाएको हो। पालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर बहादुर रजनमगरलाई सयुक्त रुपमा ज्ञापनपत्र बुझाइएको छ।
उक्त सातबुदे ज्ञापनपत्रमा लुटपाटमा संलग्न ब्यक्तीको अध्यक्षतामा राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता कुनै पनि हालतमा संचालन हुन नसक्ने र उक्त बिषयमा गाउँपालिकाको आधिकारिक लोगो अंकित छाप दुरुपयोग भएको बारे स्पष्ट गराउन समेत आग्रह गरिएको छ।
त्यस्तै पार्टिको कार्यक्रम, श्रद्धाञ्जली सभा लगायतको कार्यक्रममा सरकारी सवारी साधनको अनधिकृत प्रयोग भएको जनाउदै आउने दिनमा यस्ता कार्य नरोकिए त्यसबाट उत्पन्न हुने परिणामको भागेदार स्वयं पालिका हुनुपर्ने समेत सातबुदे ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
पालिकामा संचालित हेफर इन्टरनेशनलको कार्यक्रमबारे प्रष्ट गराउनुपर्ने माग गरिएको छ । साथै गतबर्षातमा भएको बिनाशकारी बाढीपहिरो पछिको राहत तथा पुनर्निर्माण लगायत कार्यमा आजसम्म भएको खर्च विवरण ज्ञापनपत्र मार्फत पालिकामा माग गरिएको छ ।
सयुक्त हस्ताक्षरित ज्ञापनपत्रमा बार्हबिसेमा सौजन्य: अनेरास्ववियु फिक्कल लेखिएको ट्र्याकसुट बितरण गरिएको त्यो पनि फिक्कल गाउँपालिकाका कर्मचारीको उपस्थितीमा भएकोबारे शिक्षा शाखा र गाउँपालिकाको आधिकारिक धारणा माग गरिएको छ ।
आज बुझाइएको ज्ञापनपत्रको यथाशीघ्र तिनदिनभित्र आधिकारिक जवाफ पाउनुपर्ने माग गरेका छन् ।