गोलन्जोर गाउँपालिकाद्वारा किसानलाई हाते ट्याक्टर मर्मत तालिम

गोलन्जोर गाउँपालिकाले  किसानहरूलाई आजबाट पाँच दिने `हाते ट्याक्टर मर्मत तालिम’ प्रदान गरेको छ । हाते ट्याक्टर मर्मतसम्बन्धी ज्ञान र सिप दिने उद्देश्यले ‘हाते ट्याक्टर मर्मत तालिम’ सुरु गरेरिएको हो।

यस तालिमको माध्यमले ग्रामीण क्षेत्रका किसानहरूलाई आफ्नै स्थानमै ट्याक्टरको मर्मत संभार गर्न सिकाइने छ। यस्ता तालिमहरलाई निरन्तरता दिने र गाउँका अन्य युवाहरूलाई पनि यस्ता सिपमा प्रशिक्षित गर्ने योजना बनाएको गाउँपालिका जानकारी दिएको छ।

उक्त तालिमले किसानहरूलाई ट्याक्टरको सामान्य मर्मत गर्न सिकाएर उनीहरूको समय र पैसा बचत गर्न मद्दत गर्ने गाउँपालिका अध्यक्ष शंकर राज बरालले बताउनु भयो।

तालिममा सामान्य मर्मत, इन्जिन मर्मत, हाइड्रोलिक प्रणाली र अन्य प्राविधिक ज्ञान समावेश गरिएको छ। तालिममा प्रशिक्षकहरूले किसानहरूलाई प्रायोगिक र सैद्धान्तिक दुवै ज्ञान प्रदान गर्नेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *