अखिल (क्रान्तिकारी)को केन्द्रिय समितिमा सिन्धुलीबाट ७ जनाको उम्मेदवारी

सिन्धुली/अखिल (क्रान्तिकारी) केन्द्रिय समितिको भोली हुने निर्वाचनमा सिन्धुलीबाट खुल्ला केन्द्रिय उपाध्यक्ष सहित ७ जनाको उम्मेदवारी परेको छ । २४३ सदस्यीय केन्द्रिय समितिका लागि सिन्धुलीका ७ जनाको उम्मेदवारी पेरेको हो ।
संगठनको नेतृत्व लोकतान्त्रिक विधिबाट छनौट गर्न पार्टीले निर्देशन दिएपछि भोलि माघ १२ गते काठमाण्डौंमा निर्वाचन हुदैछ । निर्वाचनका लागि देशैभरिबाट २४ सय प्रतिनिधि सहभागि भएका छन् ।
खुल्ला केन्द्रिय उपाध्यक्षका लागि सिन्धुलीकी देबकी कार्कीको उम्मेदवारी परेको छ । ४ जना खुल्ला केन्द्रिय उपाध्यक्षका लागि २० जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षका उम्मेदवार कार्की सिन्धुलीको फिक्कल गाउँपालिका ६ स्थायी ठेगाना भई हाल त्रिभुवन विश्वविद्यालयबाट विद्यावारुधी गर्दै हुनुहुन्छ । कार्की स्कुल कमिटी देखि निरन्तर संगठनमा क्रियाशील हुनुहुन्छ ।
रत्नागंगा मा.वि. फिक्कलबाट संगठनमा काम गर्दै गौमती उ.मा.वि. कमिटिको अध्यक्ष, सिन्धुलीको सचिवालय सदस्य, केन्द्रिय सदस्य हुँदै केन्द्रिय कोषाध्यक्षको समेत जिम्मेवारी समालि सक्कु भएको कार्की खुल्ला केन्द्रिय उपाध्यक्षका लागि सबै भन्दा प्रभावशाली उम्मेदवारी हुनुहुन्छ ।
त्यस्तै केन्द्रिय सचिव खुल्लामा सिन्धुली फिक्कलका गोविन्द पहाडीको उम्मेदवारी परेको छ । शिद्धज्योति शिक्षा क्याम्पस फोस्रेटारको स्ववियु सभापति समेत रहेका पहाडी संगठनमा निरन्तर क्रियाशिल हुनुहुन्छ । ४ जना खुल्ला केन्द्रिय सदस्यको लागि २६ जनाको उम्मेदवारी परेको छ ।
समावेशी सचिवको लागि सिन्धुली सुनकोशीका बज्र सिं लामाको उम्मेदवारी परको छ । २०७३ सालमा कोटेश्वर बहुमुखी क्याम्पस स्ववियु सदस्य निर्वाचित लामा निरन्तर संगठनमा क्रियाशील हुनुहुन्छ । १ जना केन्द्रिय समावेशि सचिवको लागि ५ जनाको उम्मेवारी परेको छ ।
बागमती प्रदेशबाट केन्द्रिय सचिवालय सदस्यका लागि हेमकुमार आछामीको उम्मेदवारी परेको छ भने बागमती प्रदेशबाट दलित केन्द्रिय सदस्यका लागि रमा विश्कर्माको उम्मेदवारी परेकोछ । सिन्धुली भुगोलबाट केन्द्रिय सदस्यका लागि धनबहादुर श्रेष्ठ(सुवास) र विषय खड्काको उम्मेदवारी परेको छ । श्रेष्ठ र खड्का एक अर्काको प्रतिस्पधि भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='single-after-content']