-
भदौ १०,सिन्धुली/स्वास्थ्य बिमाबापतको रकम भुक्तानी नपाउँदा सिन्धुली अस्पताल समस्यामा परेको छ । सरकारको योजनाअनुसार नागरिकलाई स्वास्थ्य बिमाअन्तर्गतको सेवा प्रदान गर्दै आएको भए पनि स्वास्थ्य बिमा बोर्डबाट रकम निकासा नगरिँदा समस्यामा परेको अस्पतालले जनाएको छ ।
अस्पतालका सूचना अधिकारी राजकुमार गोलेका अनुसार गत पुस महिनादेखिको भुक्तानी बाँकी रहेको जानकारी दिनुभयो । स्वास्थ्य बिमा सेवाबापत अस्पतालले पाउनुपर्ने रकम करिब साढे ३ करोड पुगेको उहाँले बताउनुभयो ।
‘बिमा कार्ड बोकेर आउने नागरिकलाई सेवा दिँदै आएका छौं । तर, गत वर्षको पुसदेखि सरकारबाट भुक्तानी नपाउँदा अस्पतालले उल्टै ऋणको भार बोक्नुपरेको छ,’ उहाँले भन्नुभयो ।तत्काल भुक्तानी नपाए अस्पतालमा कार्यरत कर्मचारीको तलब भुक्तानी नै गर्न नसकिने अवस्थामा पुगेको उहाँको भनाइ छ । ‘यो १० महिनासम्म जसोतसो सेवा प्रदान गरियो, अब पनि बजेट विनियोजन भएन भने सेवा निरन्तरता दिन नसक्ने अवस्थामा पुगिसक्यौं,’ सूचना अधिकारी गोलेले बताउनुभयो ।
अस्पतालले आफ्नै बजेटबाट बिमाको सेवा दिइरहेकोमा बजेट अभावले यो महिनादेखि सेवालाई निरन्तरता दिन नसकिने अवस्था सिर्जना उहाँको भनाइ छ । स्वास्थ्य बिमा बोर्डमा पटक–पटक ताकेता गर्दा पनि रकम विनियोजन नगरेको उहाँले गुनासो गर्नुभयो । ‘सकेसम्म नागरिकलाई सेवाबाट वञ्चित हुन नदिने प्रयास गर्दै आएको हो । बजेट नआएपछि अब सेवा बन्द गर्नैपर्ने बाध्यता भएको छ, यसमा हामी दुःखी छौं,’ गोलेले भन्नुभयो ।
यता स्वास्थ्य बिमा कार्यक्रम सिन्धुलीका संयोजक रमेशकुमार घिमिरेले रकम भुक्तानीका लागि केन्द्रमा पहल भइरहेको बताउनुभयो । उहाँले बजेट विनियोजन नहुँदा अस्पताललाई रकम भुक्तानी गर्न नसकिएको स्वीकार गर्नुभयो ।
‘स्वास्थ्य बिमा बोर्डबाट दसैंअघि बजेट पठाउने भनेको छ, बजेट आउनसाथ अस्पतालले भुक्तानी पाउँछ,’ उहाँले भन्नुभयो ।
News Desk 0 response बिहिबार, अशोज १०, २०८१
सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत लागू गरेको स्वास्थ्य बिमा कार्यक्रममा आवश्यक बजेट विनियोजना नगरेर सरकारले लापारवाही गरेको सरोकारवालाहरुले गुनासो गर्नुभएको छ । यसले कार्यक्रमको प्रभावकारितामाथि नै प्रश्न उठ्ने उहाँहरुको भनाइ छ ।

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२