तीन बर्ष यता जिल्लाका २ सय ३९ जनाले आत्महत्या गरी प्राण त्याग गरे
भदौ २६, सिन्धुली/तीन बर्ष यता जिल्लाका २ सय ३९ जनाले आत्महत्या गरी प्राण त्यागेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्याङ्क अनुसार तीन आर्थिक बर्ष यता जिल्लाका २ सय ३९ जनाले विभिन्न माध्यमबाट आत्महत्या प्राण त्यागेका हुन् ।
आर्थिक बर्ष २०७८/७९ मा ७१ जना, २०७९/८० मा ८८ जना र आर्थिक बर्ष २०८०/८१ म ८० जनाले झुण्डेर र बिष सेवन गरेर आत्महत्या गरेका छन् । एकपछि अर्को गर्दै सिन्धुलीमा बिभिन्न स्थानमा आत्महत्या गरी प्राण त्याग गर्नेहरू दिनहुँ बढिरहेका छन् ।
आत्महत्या गर्नेमा युवा वयस्क त छँदै थिए बालबालिकाले पनि आत्महत्या गर्न थालेका छन् । जिल्लाको स्थानीयतहगत हेर्दा सबैभन्दा बढी आत्महत्या गर्नेमा कमलामाई नगरपालिका रहेको छ । कमलामाईमा आर्थिक २०७८/७९ मा २३ जना, २०७९/८० मा २५ जना र २०८०/८१ म २६ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्याङ्कमा उल्लेख छ ।
त्यसैगरी दुधौली नगरपालिकामा आर्थिक २०७८/७९ मा १६ जना, २०७९/८० मा १५ जना र २०८०/८१ मा १४ जनाले आत्महत्या गरी प्राण त्यागेका छन् । सुनकोशी गाउँपालिकामा आर्थिक बर्ष २०७८/७९ मा ६ जना, २०७९/८० मा १३ जना र २०८०/८१ मा ४ जनाले आत्महत्या गरेका हुन् ।
मरिण गाउँपालिकामा २०७८/७९ मा ३ जना, २०७९/८० मा ६ जना र २०८०/८१ मा ४ जनाले आत्महत्या गरेका छन् भने गोलन्जोर गाउँपालिकामा आर्थिक २०७८/७९ मा ६ जना, २०७९/८० मा ८ जना र २०८०/८१ मा ७ जनाले गरेका छन् । तीनपाटन गाउँपालिकामा आर्थिक बर्ष २०७८/७९ मा ८ जना, २०७९/८० मा ४ जना र २०८०/८१ मा ५ जनाले गरेका थिए ।
त्यस्तै फिक्कल गाउँपालिकामा आर्थिक बर्ष २०७८/७९ मा २ जना, २०७९/८० मा ८ जना र २०८०/८१ मा ३ जनाले आत्महत्या गरी प्राण त्यागेका छन् । हरिहरपुरगढी गाउँपालिकामा आर्थिक बर्ष २०७८/७९ २ जना, २०७९/८० मा ५ जना र २०८०/८१ मा १० जनाले गरेका छन् भने घ्याङलेख गाउँपालिकामा आर्थिक बर्ष २०७८/७९ मा ६ जना, २०७९/८० मा ४ जना र २०८०/८१ मा ३ जनाले आत्महत्या गरी प्राण त्यागेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीको तथ्याङ्कमा उल्लेख छ ।
जिल्लामा बढि जसो आत्महत्या गरेर प्राण त्याग्नेमा पुरुष रहेका छन् । आत्महत्या प्रयास भने महिलाले बढी गरेको पाइन्छ । जिल्लामा आर्थिक बर्ष २०८१/८२ को साउन देखि हाल सम्म ७ जनाले आत्महत्या गरेर प्राण त्याग गरेको प्रहरीले जनाएको छ । बिशेषगरी प्रेममा धोका,बेरोजगार,मानसिक असन्तुलन गुमाएका,घरेलु हिँसाका कारण आत्महत्या गर्ने गरेको पाइएको