निजामती दिवसमा खरिदार सुनुवारलाई सम्मान

भदौ २५,सिन्धुली/जिल्ला प्रशासन कार्यालय सिन्धुलीले २१औँ निजामती दिवसको अवसरमा उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ। जिप्रकामा कार्यरत खरिदार वीरबहादुर सुनुवारलाई नगद पाँच हजार रुपैयाँसहित आइतबार सम्मान गरिएको हो।
सिन्धुलीका निमित्त प्रमुख जिल्ला अधिकारी कृष्णमणि फुयालले खरिदार सुनुवारलाई नगदसहित सम्मान गर्नुभएको थियो । जिल्ला प्रशासन कार्यालयमा खरिदार सुनुवारले लगनशील, कर्तव्यनिष्ठ एवम् अनुशासित भई कार्यसम्पादन गर्नुभएकोले सो कार्यको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी फुयालले बताउनुभयो ।
सम्मानित सुनुवार फिक्कल गाउँपालिकाका हुनुहुन्छ । उहाँ विगत ८ वर्षदेखि निजामती सेवामा काम गर्दै आउनुभएको छ ।
प्रतिक्रिया
[gam_ad_position alias='single-after-content']