-
भदौ १९,सिन्धुली/राष्ट्रिय दलित पत्रकार संघ जिल्ला शाखा सिन्धुलीको अध्यक्षमा बुद्ध नेपाली सर्वसम्मत चयन हुनुभएको छ । बुधबार सिन्धुलीमाढीमा सम्पन्न दोस्रो जिल्ला अधिवेशनबाट अध्यक्ष नेपालीसहित सात सदस्यीय नयाँ कमिटी चयन गरिएको हो ।
नयाँ कमिटीको उपाध्यक्षमा पुन सुनिता दर्नाल दोहोरिनुभएको छ । त्यस्तै सचिवमा गंगा विशंखे, सहसचिवमा आस्था विश्वकर्मा, कोषाध्यक्षमा विशाल सतशंकर, सदस्यहरु देविका विश्वकर्मा र ग्रिस्मा दियाली चयन भएको संघले जानकारी दिएको छ ।
यसअघि जिल्ला शाखाका अध्यक्ष राजन लेकालीको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन संघका केन्द्रीय सदस्य राजन गाउलेले गर्नुभएको थियो ।दोस्रो जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उहाँले सामाजिक सञ्जालका कारण पत्रकारितामा चुनौती थपिएको बताउनुभयो । पत्रकारिता पेसामा इमान्दारिता र निरन्तरता महत्त्वपूर्ण हुने उहाँको भनाइ थियो । “पत्रकारिता आफैंमा चुनौतीपूर्ण पेसा हो । सोसल मिडियाले अझ जिम्मेवार बन्नुपर्ने चुनौती थपिएको छ,“ उहाँले भन्नुभयो ।
मूलधारको पत्रकारितामा दलित समुदायको उपस्थिति बढाउन विभिन्न चुनौती रहेको पनि उहाँले औंल्याउनुभयो । पत्रकारितामा दलित पत्रकारहरुको उपस्थिति बढाउनकै लागि दलित पत्रकार संघ स्थापना भइ काम गरिरहेको केन्द्रीय सदस्य गाउलेले बताउनुभयो ।
“अब दलित पत्रकारहरूलाई संगठनले नेपाली मिडियामा सिक्ने, बिक्ने र टिक्नेगरी क्षमता अभिवृद्धि गर्न पहल गर्ने छ । जसले समाजमा लुकेका र लुकाइएका पछाडि पारिएका समुदायका मुद्दाहरूलाई उजागर गर्न सकोस् भन्ने हाम्रो उद्देश्य हो,“ उहाँले भन्नुभयो ।
News Desk 0 response बुधबार, भदौ १९, २०८१
सम्बन्धित शीर्षकहरु
युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः विनय बल
आइतवार, भदौ ३०, २०८१प्रतिबन्धित लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा
आइतवार, भदौ ३०, २०८१माओवादी केन्द्र कमलामाई– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा खड्का
आइतवार, भदौ ३०, २०८१६० औँ राष्ट्रिय बाल दिवस अवसरमा सिन्धुलीमाढीमा सरोकारवालाबिच अन्तरक्रिया
आइतवार, भदौ ३०, २०८१-
युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः..
आइतवार, भदौ ३०, २०८१ -
प्रतिबन्धित लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा
आइतवार, भदौ ३०, २०८१ -
माओवादी केन्द्र कमलामाई– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा..
आइतवार, भदौ ३०, २०८१ -
६० औँ राष्ट्रिय बाल दिवस अवसरमा सिन्धुलीमाढीमा..
आइतवार, भदौ ३०, २०८१ -
गोलञ्जोरमा निःशुल्क स्वास्थ्य शिविरः पहिलो दिन ७३०..
शुक्रबार, भदौ २८, २०८१
-
युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः..
आइतवार, भदौ ३०, २०८१ -
प्रतिबन्धित लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा
आइतवार, भदौ ३०, २०८१ -
माओवादी केन्द्र कमलामाई– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा..
आइतवार, भदौ ३०, २०८१ -
६० औँ राष्ट्रिय बाल दिवस अवसरमा सिन्धुलीमाढीमा..
आइतवार, भदौ ३०, २०८१ -
गोलञ्जोरमा निःशुल्क स्वास्थ्य शिविरः पहिलो दिन ७३०..
शुक्रबार, भदौ २८, २०८१
-
विद्यार्थी मृत्यु घटना : आत्महत्या नभएको अभिभावकको..
सोमवार, भदौ २४, २०८१ -
निजामती दिवसमा खरिदार सुनुवारलाई सम्मान
मङ्लबार, भदौ २५, २०८१ -
राजनीतिक नियुक्ति धान्नै नसक्ने अवस्थामा राज्य पुगिसक्यो..
सोमवार, भदौ २४, २०८१ -
बागमती प्रदेश निर्माण व्यवसायी अध्यक्षमा तामाङ, सह-कोषाध्यक्षमा..
बिहिबार, भदौ २७, २०८१ -
अवैध काठ ल्याउँदै गरेको ट्याक्टरसहित पाँच जना..
मङ्लबार, भदौ २५, २०८१